✍️ सुरेशकुमार भट्ट
स्त्री-पुरुषको सम्बन्ध काँच र हातको जस्तो न हो नफुटुन्जेल सफा कञ्चन छर्लंग फुट्यो चुक्यो चर्कियो कि चोट लाग्छ हिंसामा बदलिन्छ रगतपात छुटनाम मरेर वा सरेर वा अलग्गिएर । झलमल्ल सिसाको स्त्री-पुरूष महल बन्छ चक्नाचुर केही समयअघिसम्मको मेरो देवता मेरी देवी भनेका फुट्ने चुक्ने बित्तिकै तिनै देवदेवी नै परिवर्तन भई असुर महाअसुरमा रूपान्तरण भएर महासमर संग्रामले हिंसामा बदली दिन्छ । त्यही भएर भनिन्छ स्त्री-पुरुषको सम्बन्ध भनेको काँचको घर हो कुनै पनि बेला चक्नाचुर हुनपुग्छ दुवैमा समझदारी, सद्भाव र विश्वास भएन भने । तसर्थ अति जोखिम भएकाले एकले अर्कोलाई घात गर्नुहुन्न । विश्वासघात भयो कि सकियो, त्यसपछि सँगै मर्ने, सँगै बाँच्ने वाचा गर्नेहरू बाँच्नकै लागि एउटाले अर्कोलाई मार्न पुग्दछन् । यस्तो वर्तमानमा धेरैभन्दा धेरै देखिएको छ ।
यसका पछाडि सञ्चार, सञ्जाल, श्रव्यदृश्य सामग्री, पति र प्रेमी अलग हुनु, पत्नी र प्रेमिका अलग हुनु, कामको खोजी, टाढाको बसाइ, बैंसको भेल, यौनकुण्ठा, संगत, छाडा प्रवृत्तिलाई प्रोत्साहित गर्ने राज्यको कमजोर नीति नियम, छाडा अधिकारको खोजी अनि नक्कल गर्ने पवृत्ति र अहमतावादी र स्त्रीलम्पट कामुकहरूको नारी अधिकारको नाममा अन्धधुन्ध समर्थनको सोच आदिले । यो समस्या विकराल बनाइरहेको अवस्था छ किनकि शिक्षक शिक्षकबीच, प्राध्यापक प्राध्यापकबीच, डाक्टर डाक्टरबीच, वकिल वकिलबीच, इन्जिनियर इन्जिनियरबीच, पत्रकार पत्रकारबीच, कलाकार कलाकारबीच, नेता नेताबीच, प्रहरी प्रहरीबीच, कर्मचारी कर्मचारीबीचको दाम्पत्य जीवन छोराछोरी केही त नातिनातिनी हुँदासम्म पनि समझदारी र सद्भाव अनि एक अर्कामा विश्वासको संकट पैदा भएको पाइन्छ र यस्तो सम्बन्ध स्मरण रहोस् बाहिर नआएको भित्र पचपची पाकिरहेको ठूलो संख्या छ ।
बग्रिएको लोग्ने स्वास्नीको सम्बन्ध फुटेको काँचमा हात राखी मस्याइलो ठानेर मुसार्नुको पछि रक्तपात र घाइते हुनुमा कुनै फरक छैन । हरेक परिवारमा सानातिना समस्या नहुने कुरै छैन हुन्छ तर त्यो समस्या सपरिवार सामेल भएर समाधान गर्नुपर्छ ।
यसमा पीडित पुषको संख्या बढी भएर पनि समाजको लाजले बाहिर नआइरहेको अवस्था हो भन्ने लाग्दछ किनकि पुरुषप्रधान समाजको पगरी छ नि त । उसैलाई नालायक, नामर्द, हुतिहारा, लाछी जस्ता गाली र विशेषणको डर छ होला र नै बाहिर नआएको हुनसक्छ । अति दुःखदायी यो सामाजिक अविश्वासको दरार र खाडल भयावह छ । भान्सामा डाडुले नाक कोपर्दा पनि पुरुष भएकैले पतिले कुराबाहिर ल्याएन ल्याउँदैन । हप्तौं भोकै बस्न परे नि बासी मकैले तीनदिन गुजार्यो तैपनि बाहिर ल्याएन किनकि यही समाजले उसैलाई थुक्क नामर्द लाछी भन्छन् भनेर ।
बाहिर नआएकाले कतिलाई मिथ्या लाग्ला तर त्यसो होइन नेपालमा मात्र होइन हामी नेपालमा हुनुमा भने साह्रै अनौठो मानिरहेका छौँ । नेपाल बाहिरको विश्वका कुना कुनासम्म छ यो समस्या कुनै पनि मूलका होऊन् । समस्या बारम्बार समाजमा ल्याइरहेका छन् जसले समाज धमिलो अमिलो हुँदा सामाजिक विकृति दिनानुदिन बढिरहेको छ । विकासमा बामे सर्दै गरेको हाम्रो सामाजिक संरचनामा यस्तो विकृति अधिकारका नाममा विकार र अवरोध बन्दै गइरहेकाले नागरिकको वैयक्तिक व्यवस्थापन निःसन्देह कमजोर भई नै रहनेतर्फ गृहस्थी र दम्पत्तीले बेलैमा सोच्नु जरुरी छ । घर गृहस्थी शान्ति हाँसीखुशी र सुखमय बनाउनका लागि ।
तसर्थ बिग्रिएको लोग्ने स्वास्नीको सम्बन्ध फुटेको काँचमा हात राखी मस्याइलो ठानेर मुसार्नुको पछि रक्तपात र घाइते हुनुमा कुनै फरक छैन । हरेक परिवारमा सानातिना समस्या नहुने कुरै छैन हुन्छ तर त्यो समस्या सपरिवार सामेल भएर समाधान गर्नुपर्छ । त्यहीँनिर अर्को समस्या हुन सक्छ त्यो हो कुनै पनि परिवारको सदस्य यदि घमण्डी र घामट छ भने त्यो परिवारको दुःख र पीडाको मूलकारण त्यही हुन्छ । तसर्थ त्यसलाई अरू सबै परिवार मिलेर सर्लक्क अलग्याइदिनु काँडो झिके जस्तै हुन्छ । हो विचार पुर्याउनुपर्ने यहीँनेर हो ।
माथि नै उल्लेख गरिएको छ श्रीमान् श्रीमती एउटै पेशाका छन् भने बहुतै राम्रो भनेर विवाह गरेर राम्रै सँग बसेका छन् तर त्यो संख्याभन्दा बढी भत्किएको संख्या छ तर त्यसभित्रै डाडुले कोपर्ने, चुपीले चिथर्ने, खान नदिने अति अपहेलना सहेर परिवारको माया प्रतिष्ठा इज्जतका लागि चुप लागेर बस्ने वा बरू बेपत्ता भइदिने वा जीवितै चोला बदलिदिने र पर कतै कुनामा बस्ने गरेको देखिन्छ । उसैलाई थुक्क भन्छ यही समाज । अर्कोतिर त्यस्ता दुष्ट आइमाईलाई राम्रो मान्ने र मर्यादा गर्ने पनि यही समाज, परतिर पुगेर त्यसैको कुरा काट्ने पनि यही सामाज । त्यसैले हाम्रो वर्तमान समाज सिँङ न पुच्छरको जस्तो अमर्यादित विवेक र पहिचानहीन भनौँ कि दुवैपट्टि हृवांग प्वाल परेको भाँडो जस्तो लाग्छ ।
पेशा व्यवसाय एउटै भएपछि त मिल्नुपर्ने नि, झन् तैँले जति जानेको छस् मैले नि त्यति नै जानेको छु । तैँले जति कमाउछस् मैले नि त्यति नै कमाउँछु । तँभन्दा म केमा कमी छु ? यस्तो घमण्ड गरेर स्वर्गीय सुखको परिवार भत्काउन कोही कोही नेपथ्यमा त्यस परिवारमा खेलिरहेको छ खेलाइरहेको छ ती दम्पत्ती खेलिरहेका छन् । अझै एक-दुईजना बच्चा पाइसकेकी त झन् एकातर्फ समाजको अगाडि म पाको भएँ अब जे गरे पनि हुन्छ भन्ने ठान्ने अर्कोतिर कसैले मजा पनि मनि पनि मिल्छ अलग्गै बस्ने र बच्चाको लालनपालन भत्ताप्रति महिना लोग्नेसँग असुल्ने धन्दा अमेरिकामा अत्यधिकै चलेको देखिन्छ । स्थानीयको त कुरै नगरौं भारतीयहरूमा परेको प्रभाव हेर्दा बेलायत अमेरिकामा बस्ने भारतीय लोग्नेहरू पिल्सिएका छन् ।
पारिवारिक कानुन बनाउँदा राज्यले महिलामात्र होइन पुरुषलाई पनि सँगै समान दृष्टि राखेर बनाउन सकेन ध्यान दिएन भने यो मुलुक पारिवारिक हिंसाबाट कहिल्यै मुक्त हुन वा न्यून गर्नसमेत समर्थ हुनेछैन । मुलुक सधैं पारिवारिक हिंसाको खौलामा परिरहन नपरोस् भन्ने हो भने समयमै हेक्का राख्नै पर्दछ ।
त्यसको प्रभाव नेपालीहरूमा पनि परेको छनक फाट्टफुट्ट देखिन थालेको छ । त्यस विकृतिको समाज भड्काउने हावा डलर युरो पौडसँगै हाम्रो नेपाली समाजमा पनि पसेको छ । विस्तारै-विस्तारै विष्फोट गराउँदैछ । बेलैमा हेक्का राख्न र बार बारेर तुल बचाउन सकिएन भने परिणाम भयावह हुन्छ । समाजमा दिनानुदिन पारिवारिक हिंसा तथा रक्तपातमा यो समाज नराम्रोसँग जकडिने स्थिति छ । मान्छेमा पीडा अति भयो भने कि आत्महत्या गर्छ, त्यसो गर्दा परिवार झन् बिग्रने देख्यो भने आफू बाँचेर अर्को मार्छ । त्यो गर्दा पनि परिवारको हितमा देखेन भने आफू त्यागी सन्न्यासी बनेर अलप भइदिन्छ । कतै पर पुगेर अर्धमृत अवस्थामा बसिदिन्छ । अहिलसम्मको सामाजिक विकृति र पारिवारिक हिंसाको स्थिति हेर्दा यस्तो देखिन्छ ।
हिंसा हत्याको मार्ग गलत हो भन्ने ठान्ने बौद्धिक परिवार समाजमा हिंसा नहोस् भनी आफैं अलग्गिएर एक्लो जीवन बिताइरहेको नदेखिएको होइन । यो संख्या पनि कम छैन तर ती बाहिर आफ्नो निजी मामिला ल्याउन चाहँदैनन् । किनकि आफू जति पीडित भए पनि परिवारमा त्यसको छाप र दुष्प्रभाव नपरोस् समाजले परिवारलाई हेयको दृष्टिले नहेरोस् भन्नका लागि आफैं अलग भएर एकातिर कुनामा गुजारा गरिरहेको पनि हामीले नदेखेको नसुनेको होइन । यस्तो पारिवारिक स्थितिले परिवारमा मात्र होइन राष्ट्र र समाजमै ठूलो असर र घाटा पारेकोतर्फ समाजका अरू बुजु्रकहरूको ध्यान पुगेको खासै देखिँदैन ।
मुलुकलाई सुमार्गमा डोहोर्याएर समृद्धिको शिखरमा पुर्याउन सक्ने राष्ट्रिय व्यक्तित्व पारिवारिक झन्झट र पीडाले डस्टबिनमा फ्याँकिएको फोहर झैँ दुर्दशामा उसका परिवार, सन्तति र उसलाई मात्र होइन मुलुकलाई समेत पीडा हो । तसर्थ पारिवारिक कानुन बनाउँदा राज्यले महिला मात्र होइन पुरुषलाई पनि सँगै समान दृष्टि राखेर बनाउन सकेन ध्यान दिएन भने यो मुलुक पारिवारिक हिंसाबाट कहिल्यै मुक्त हुन वा न्यून गर्नसमेत समर्थ हुनेछैन । मुलुक सधैं पारिवारिक हिंसाको खौलामा परिरहन नपरोस् भन्ने हो भने समयमै हेक्का राख्नै पर्दछ ।
हचुवाको भरमा बहकिएर वैवाहिक बलत्कारको कानुन बनाए झैँ अरू यस्ता सस्ता अप्राकृतिक कानुन नबनून् । बरू ख्याल राखौं विश्वमै सबभन्दा पहिले पुरुषमात्र होइन महिलाले पनि यौनबलत्कार गर्छन् भन्ने पहिलो प्राकृतिक कानुन नेपालमा बनाउने दिन आउनेछ । किनकि समान रूपमा लोग्नेस्वास्नी दुवैले एकअर्कामा बलत्कार गर्छन्, यो सत्य हो तर अन्य पुरुषलाई पनि महिलाहरूले बलात्कार गर्छन् गराउँछन् यो पनि सत्य हो । यस्ता उदाहरण खोज्न टाढा जानै पर्दैन हिजोको भए हली गोठाला, आजका भए ड्राइभर र घरका कामदार अर्दलीहरू नै काफी छन् ।
एक दिन हाम्रा मालिक्नीहरूले हामीमाथि बलत्कार गरिआएका छन् भन्ने उजुरी आउँदा थाहा हुनेछ कति हुने गरेको रहेछ भन्ने कुराको आँकडा र यथार्थ । त्यसैले कानुनका दृष्टिमा स्त्रीपुरुष, धनीगरिब, बोलाकी निमुखा भनेर वर्गीकरण गर्न पाइन्छ ? त्यही पश्चिमा समाज होइन महिलाले बलत्कार गर्दैन भनेर हामीलाई दर्शन पढाउने सिकाउने ? उसैका आमाले १७ वर्षको छोरालाई गरेको भनिएको बलत्कारको चर्चाले नै तिनका मुखमा ठेडी ठोकिदियो ।
तर, हाम्रा पुर्खाहरूले गर्छन् भन्दै आए सुनाए लेखेनन् उजुरी दिएनन् कति पागल भएर मर्न परे पनि कति घर छोडेर भागेर गाई गोठ कुरे पनि किनकि मर्दले जनानासँग हार्नु हुँदैन भन्ने अर्को कुराले गर्दा । भागे बरू भनेनन् । हाम्रा समाजमा हिजोदेखिका बलत्कारका उदाहरण यस्तै यस्तै बग्रेल्ती छ । कुनै बेला हाम्रा समकालीन साथी पनि बलत्कारीको शिकार भएका थिए । तसर्थ मन मिले मजदार, नमिले स्वार्थ पूरा नभए बलत्कार । यही छ अहिलेको अर्थालाभको यौन उजुरीको हुन्डुरीको चमत्कार । अस्तु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच