कैलाली । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल अहिलेको सरकारलाई दुई तिहाइको घमण्ड नगर्न आग्रह गर्नुभएको छ ।
कैलालीको धनगढीमा दुई दिने परामर्श बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले यस्तो आग्रह गर्नु भएको हो ।
वर्तमान सरकारलाई दुई तिहाइको घमण्ड नगर्न आग्रह गरेको बताउँदै उहाँले सरकारको सुरुवाती लक्षण राम्रो नदेखिएको बताउनु भयो । उहाँले सरकार यस्तै हालतबाट चल्दै गए आफूहरु सडकमा उत्रिन बाध्य हुने बताउनु भयो ।
अहिलेकाे सरकार संविधान मिच्ने खालका गतिबिधिमा लाग्दै गरेकाे बताउँदै दाहालले भन्नुभयो “गणतन्त्र, धर्म निरपेक्षता, सघिंयता सुन्दा मओवादी मात्रै नजर आइरहेको छ, काग्रेंस एमालेलाई त्यस कारण यो परिवर्तन उल्ट्याउने प्रयास भइरहेको छ, हामी त्यसको सदन र सडकबाट प्रतिवाद गर्छाै, सडकमा जानका लागीपनि हामी तयार छौँ ।”
प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणमा काम नगरे त्यसकाविरुद्ध सडकमा उत्रिने पनि बताउनुभयो । सरकार माफियाकै घरमा बनेको बताउँदै उहाँले माफियाकै इसारामा चलेको आरोप लगाउनु भयो । अध्यक्ष प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणमा काम नगरेकाले त्यसका विरुद्ध सडकमा उत्रिने पनि बताउनु भयो ।
उहाँले भ्रष्टाचारमा ५ वर्षको हदम्याद मान्य नहुने पनि बताउनु भयो । ५ बर्से हदम्याद हामीलाई मात्र होइन नेपाली काग्रेसलाई पनि स्वीकार हुँदैन भन्ने लागेको बताउनु भयो ।
उहाँले माओवादी केन्द्र पार्टी फुट्छ भन्ने हल्लामा कुनै सत्यता नभएको पनि बताउनु भयो । पार्टी फुट्ने हल्ला निराधार भएको बताउदै उहाँले त्यो हल्लालाई हामीले खारेज गरिसकेको बताउनु भयो ।
माओवादी घटकसंग पनि एकता वार्ता चलेको बताउनु भयो । अध्यक्ष प्रचण्डले दुई ठुला पार्टी रक्षात्मक रुपमा मिलेको बताउँदै सरकार बनाउन माफिया सक्रिय भएको बताउनु भयो । यो सरकारले संविधानमाथि घात गर्छकी भन्ने लागेको बताउनु भयो ।
सुदुरपश्चिम प्रदेशको ससंदिय दलमा देखिएको बिवाद हल हुने गरी निर्णय गरेको अध्यक्ष दाहालले बताउनु भएको छ । पार्टी केन्द्रको निर्णय अनुसार खगराज भट्टलाई दलको नेता बनाउने निर्णय भएको उहाँको भनाई छ । धनगढीमा सम्पन्न बैठकमा पार्टी नेतृत्व परिवर्तनको बिषयले समेत प्रवेश पाएको थियो ।
माओवादी केन्द्रको परामर्श बैठकमा ६३ नेताले दिए सुझाव
नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदशस्तरीय दुई दिने परामर्श बैठक आज सकिएको छ । बुधबारदेखि सुरु भएको बैठकमा यस प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरू गरी ६३ जनाले पार्टी निर्माणका लागि सुझाव दिएका छन् ।
सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डासहित सुदृढ जनसंगठन निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिंदै प्रदेशका नेताहरुले आगामी केन्द्रीय समिति बैठकबाट ठोस कार्ययोजना ल्याउन नेतृत्वलाई आग्रह गरेका छन् ।
बैठकलाई अध्यक्ष पुष्पकमल दाहालसहित पदाधिकारीहरुले पनि सम्बोधन गरेका थिए । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत माओवादी केन्द्रले परामर्श बैठक सुरु गरिएको जनाएको छ ।
प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ । केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरुपमा जनतामा जाने माओवादीको तयारी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच