
काठमाडौं । एपिएफ फुटबल क्लबको महिला टोली एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरिएको छ । घरेलु टोली मलेसियाको सबाह एफसीसँग गोलरहित बराबरी खेलेसँगै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो । समूह चरणको दुई खेलमा गोलको खाता पनि नखोली एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो ।
पहिलो खेलमा उज्वेकस्तानको नसाफ क्लबसँग १-० ले पराजित एपिएफ अंक तालिकाको पुछारमा रहृयो । समूह ‘सी’मा नसाफको तीन तथा सबाह र एपिएफको समान एक अंक छ । समूहको विजेतामात्र अघिल्लो चरणमा प्रवेश गर्ने नियम छ ।
एपिएफ नेपालबाट अन्तर्राष्ट्रिय महिला क्लब फुटबल खेल्ने पहिलो टोली हो । एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले एसियामा महिला फुटबलको विकासका लागि पहिलोपटक वुमेन्स च्याम्पियन्स लिग गराउँदै छ । लिगमा २२ सदस्य राष्ट्रका क्लबहरूको सहभागिता रहनेछ । जसमा सन् २०२४ को फिफा वरीयतामा टप आठमा परेका राष्ट्रका क्लबहरू समूह चरणका लागि सिधै छनोट भइसकेका छन् ।
लिगमा जापान, चीन, इण्डोनेसिया, फिलिपिन्स, अस्ट्रेलियालगायत देशका क्लबको सहभागिता रहनेछ । बाँकी १४ राष्ट्रले समूह चरणका लागि प्रारम्भिक चरण पार गर्नुपर्ने हुन्छ । प्रारम्भिक चरणमा रहेका १४ देशका क्लबहरूलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता च्याम्पियनसिपको समूह चरणका लागि छनोट हुनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच