
बर्लिन । नाटो प्रमुख जेन्स स्टोल्टेनबर्गले रुसको कुर्कुस क्षेत्रमा भएको युक्रेनी आक्रमण युक्रेनको आत्मरक्षा लागि भएको जनाउँदै युक्रेनलाई सीमा क्षेत्रमा आक्रमण गर्ने पूर्ण अधिकार रहेको बताउनुभएको छ । जर्मन अखबार डी वेल्टसँगको शनिबार प्रकाशित कुराकानीमा उहाँले यक्रेनलाई अन्तर्राष्ट्रिय कानुन अनुसार आफ्नो रक्षा गर्ने अधिकार रहेको उल्लेख गर्नुभएको हो ।
आक्रमणले किएभका सहयोगीको पनि ध्यानाकर्षण गरेको उल्लेख गर्दै, स्टोल्टेनबर्गले यसमा पश्चिमी सैन्य गठबन्धनले कुनै भूमिका नखेलेको जनाउनुभएको छ । स्टोल्टेनबर्गले युक्रेनको युरोपेली सैन्य उपकरणदाता तथा जर्मनीको प्रतिबद्धतालाई स्वागत गर्दै बर्लिनले अर्को वर्षको बजेटमा किएभलाई सहयोग गर्ने तयारी गरिरहेको बताउनुभयो ।
जर्मनीले युक्रेनलाई आवश्यक सैन्य उपकरण सहयोग निरन्तर जारी राख्ने निर्णय सार्वजनिक गर्दा चान्सलर ओलाफ स्कोल्जको सरकार गतहप्ता कडा आलोचनामा परेको थियो । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच