काठमाडौं । बागमती प्रदेशका डिआइजी विष्णुकुमार केसीसहित नेपाल प्रहरीका ९० जना प्रहरी अधिकृत अवकाशमा गएका छन् । शनिबार रातिबाट ३० वर्षे सेवा अवधि पूरा गरेका अधिकृतहरूलाई आइतबार बिदाइ गरिएको छ । ३० वर्षे सेवा हद हटाउन एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै असोज १० गतेसम्म केही नगर्न भनेको थियो । तर, गृह मन्त्रालयले सर्वोच्चको आदेशविरुद्ध भ्याकेट निवेदन दर्ता गरेको थियो । फेरि सर्वोच्चले नै पुरानो अन्तरिम आदेश खारेज गरेपछि यी प्रहरी अधिकृतहरू अवकाशमा गएका हुन् । भदौ ६ मा न्यायाधीश हरि फुँयालले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न दिएको आदेश न्यायाधीश विनोद शर्मा र सारंगा सुवेदीले खारेज गर्नुभएको थियो ।
प्रहरी सेवामा अवकाशका लागि उमेर हद, सेवा अवधि र पदावधि गरी तीन किसिमको व्यवस्था छ । आइतबारबाट लागू हुनेगरी अवकाशमा जानेहरूमा बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी विष्णुकुमार केसी, एसएसपी जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, किसनसिंह थापा, डिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, नवीनराज राई, रविकुमार पौडेल, वीरबहादुर ओली, चन्द्रदेव राई र रवीन्द्र रेग्मी हुनुहुन्छ ।
त्यस्तै, ११ प्रहरी उपरीक्षक (एसपी) पनि आइतबारबाटै अवकाशमा पुगेका छन् । अवकाश पाउनेहरू एसपीहरूमा कृष्ण प्रसाईं, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरि कोइराला, अवधेश विष्ट, नरेन्द्रकुमार कार्की, टेकुनन्द इवा लिम्बू, चित्रबहादुर गुरुङ, हिरा पाण्डे र नविनकिशोर प्रधान हुनुहुन्छ । सेवा हदकै कारण प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रीराम भण्डारी, रामकृष्ण सापकोटा, गोविन्द पन्थी, किरणप्रसाद न्यौपाने, मनोजकुमार श्रेष्ठ, खगेन्द्रप्रसाद रिजाल, विजय थापासहित ३१ जना अवकाशमा जानुभएको छ । प्रहरी निरीक्षकहरू योगराज न्यौपाने, शान्तराम कार्की, मेघनाथ चापागाईं, किसन चन्द ठकुरी, हरिविष्णु ढकाल, काशीराज रेग्मी, अर्जुनप्रसाद पोखरेलसहित ३४ अवकाशमा गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सशस्त्रमा पनि डिआइजीसहित १६ ले पाए अवकाश
उता, सशस्त्र प्रहरी बलका दुई डिआइजीसहित १६ जना प्रहरी अधिकृतले अवकाश पाएका छन् । सशस्त्रका डिआइजी अभिकुमार खत्री, दुर्गाप्रसाद भट्टराई, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वकुमार भट्टराई सहितका अधिकृतहरू अवकाशमा गएका हुन् । ३० वर्षे सेवा अवधि पूरा गरेपछि उनीहरू अनिवार्य अवकाशमा गएका हुन् । सशस्त्रका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार ११ जना एसपी पनि आइतबारै अवकाशमा गएका छन् । एसपीहरू पूर्णबहादुर साउद, दीपेन्द्र गिरी, धनबहादुर सिंह, भीमबहादुर चौधरी, महेन्द्रराज भारती, अम्मरबहादुर ऐर, अशोककुमार शाक्य, प्रेमबहादुर रावल, गोपालप्रसाद श्रेष्ठ, त्रिभुवन विष्ट र उद्धवबहादुर रावल अवकाश पाउनुभएको हो । त्यस्तै, डिएसपीहरू राजेश्वरप्रसाद शाह र हरिबहादुर शाहीले पनि अवकाश पाउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच