काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत न्यूक्यासल युनाइटेडले टोटनह्यामलाई पराजित गरेको छ ।
आइतबार सम्पन्न खेलमा न्यूक्यासलले टोटनह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
न्युकासल युनाइटेडको जितमा हार्भे बर्नेज र अलेजन्डर इसकले एक एक गोल गर्नुभयो । त्यस्तै टोटनह्यामका लागि न्यूक्यासलका डान बर्नले आत्मघाती गोल गर्नुभएको थियो ।
यस सिजनमा यो न्यूक्यासलको दोस्रो जित हो । यो जितपछि न्यूक्यासलले ३ खेलमा ७ अंक हासिल गरेको छ । त्यस्तै टोटनह्यामको भने यस सिजनमा यो पहिलो हार हो । यो हारपछि टोटनह्यामको ४ खेलमा ४ अंक रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच