काठमाडौं । अखिल नेपाल कबड्डी संघको आयोजनामा राष्ट्रिय निर्णायक तथा प्रारम्भिक प्रशिक्षक तालिम सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले तालिमको उद्घाटन गर्नुभएको हो । तालिममा ४५ निर्णायक तथा ४० प्रशिक्षक सहभागी रहेको संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिनुभयो । दुवै तालिम लिने ७० जना छन् ।
सहभागीलाई प्रो-कबड्डीका निर्णायक अजित, प्रशिक्षक श्रीनिवासन रेड्डी, महासचिव झालगायतले प्रशिक्षण दिइरहनुभएको छ । सैद्धान्तिक तालिम टेकु र व्यावहारिक तालिम त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भइरहेको छ । तालिम भदौ २७ गतेसम्म चल्ने झाले जानकारी गराउनुभयो ।
सदस्य-सचिव घिसिङले खेलाडीका रूपमा हासिल गर्न नसकेको उपलब्धि प्रशिक्षकका रूपमा पनि हासिल गर्न सकिने भएको हुँदा सहभागीलाई तालिमप्रति गम्भीर हुन सुझाउनुभयो । कबड्डीको ट्रेनिङ सेन्टरका लागि आवश्यक पर्ने जग्गा र डिपिआर यसै वर्ष तयार गर्ने गरी तत्काल प्रक्रिया अगाडि बढाउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच