काठमाडौं । उपप्रधान तथा अर्थमन्त्रीस्तरीय निर्णयअनुसार कृषि विकास बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा दीर्घराज मैनाली मनोनयन हुनुभएको छ । नवनियुक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभवका साथै हाल अर्थ मन्त्रालयको सहसचिव पदमा कार्यरत हुनुहुन्छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नवनियुक्त सञ्चालक सदस्य मैनालीलाई बैंक सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले शपथ ग्रहण गराउनुभएको थियो । सो अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरू सञ्जीवकुमार कर्ण, गोविन्दप्रसाद भट्टराई, सञ्जीव पौडेल, विनोदकुमार गुरागाईं, श्रीमती रीता सुवेदी, प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बैंकका कम्पनी सचिव हिमलाल पौडेलको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच