काठमाडौं । ग्लोबल ग्ल्यामर भेन्चरद्वारा आयोजित ‘मिस युनिभर्स नेपाल २०२४’ को ताज सम्पदा घिमिरेले जित्नुभएको छ । २२ प्रतियोगीपछि पार्दै उहाँले उपाधि हात पार्न सफल हुनुभएको हो । यो प्रतियोगिता मिस युनिभर्सको पाँचौं नेपाली संस्करण हो ।
अमेरिकी कम्पनीका लागि डिजिटल मार्केटिङको काम पनि गर्दै आउनुभएकी सम्पदा मोडलिङ पनि गर्नुहुन्छ । ठूला सपना देख्न र मिहिनेत गर्ने कुरामा विश्वास गर्ने उहाँ पशुप्रेमी र वन्यजन्तु संरक्षणका लागि वकालत गर्दै आउनुभएको छ । सम्पदाले आगामी नोभेम्बरमा मेक्सिकोमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ ।
बुधबार गोदावरी कन्भेन्सन सेन्टरमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पहिलो रनरअप स्मृति सिंह, दोस्रो रनरअप अक्षिता क्षेत्री, तेस्रो रनरअप करेन मुर्रे र चौथो रनर अप सुजल बम हुनुभयो । प्रतियोगितालाई नेसनल कोरियोग्राफर दिक्पाल कार्कीले कोरियोग्राफी गर्नुभएको थियो भने निर्णायक मण्डलमा गोल्डस्टारका कार्यकारी निर्देशक विदुषी राणा, शिवम् सिमेन्टका अध्यक्ष गौरव गोयल र समीक्षा श्रद्धा सांघाई, पूर्वमिस नेपाल इशानी श्रेष्ठ, पूर्वमिस युनिभर्स सोफिया भुजेल, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, नेतृ डिना उपाध्यायको सहभागिता थियो ।
अन्य उपशीर्षकअन्तर्गत करेन मुर्रेले हिल्टन मिस एलिगेन्स, स्मृति सिंहले टिभिएस् मिस स्मार्ट, समृद्धि केसीले वाउ मिस फ्री एण्ड फियरलेस, श्रेयंका थापा ग्लोबल आएमई मिस इको फ्रेण्ड्ली, करेन मुर्रेले डिकस्मो मिस द मोष्ट ब्युटिफुल स्किन स्मृति सिंह एक्स एज मिस फोटोजेनिक, अस्मि ढकालले मिस मल्टीमिडिया र रेनाता कट्टेल मिस फ्रेण्ड्ली उपाधि जित्न सफल हुनुभएको थियो ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच