काठमाडौं । लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख सरोज भट्टराईसहित २ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरणअन्तर्गतको कसुरमा मुद्दा दायर गरेको छ ।
आयोगले कोषका तत्कालीन योजना प्रमुख भट्टराई र उनकी आमा जनकनन्दनी भट्टराईविरुद्ध बिहीवार काठमाडौं जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेकाे हाे ।
आयोग प्रवक्ता नरहरि घिमिरेले जारी गर्नुभएको विज्ञप्ति अनुसार कोषका तत्कालीन योजना प्रमुख भट्टराई र उनकी आमा जनकनन्दनी भट्टराईविरुद्ध बिहीवार काठमाडौं जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको हो ।
भट्टराईले जग्गाबापत घुस लिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले भक्तपुरको गुण्डुस्थित कित्ता नम्बर १३७४, क्षेत्रफल २–९–०–१ र कित्ता नम्बर १३७५, क्षेत्रफल ०–२–१–० को जग्गा खरिद गर्दा लुम्बिनी विकास कोषमा कार्य गरिरहेका निर्माण कम्पनीहरूबाट बीचका अन्य व्यक्ति प्रयोग गरी जग्गा बिक्रेतालाई रकम भुक्तानी गरेको पाइएको थियो ।
‘बाबुल निर्माण सेवाले एकल तथा जेभीमा बोलपत्र प्रस्ताव गरी ठेक्का सम्झौता गरेका आर्थिक वर्ष २०७५-७६ भन्दा पछि ५ करोड वा सोभन्दा बढी सम्झौता रकमका ठेक्कामा जम्मा सम्झौता रकम १ अर्ब ३७ करोड २५ लाख ९७ हजारको र आर्थिक वर्ष २०७५-७६ भन्दा अघिका ठेक्कामा जम्मा सम्झौता रकम ९९ करोड २५ लाख २ हजार ४४ रुपैयाँको ठेक्कामा उनै भट्टराई मूल्याङ्कन समितिको संयोजक थिए,’ विज्ञप्तिमा भनिएको छ ।
उक्त ठेक्काको मूल्यांकन समितिमा संयोजक र योजना प्रमुखसमेत रही भट्टराईले बाबुल निर्माण सेवालाई एकल तथा जेभीमा ठेक्का सम्झौता गर्न सहजीकरण तथा ठेक्का मिलाइदिँदा ८० लाख रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।
भट्टराईले घुसबापत लिएको रकमबाट भक्तपुरको साबिक गुण्डु गाविस वडा नम्बर ३ (हालको सूर्यविनायक नगरपालिका वडा नम्बर ७) स्थित कित्ता नम्बर १३७४ र १३७५ को जग्गा आमा जनकनन्दनीका नाममा खरिद गरेको पाइएको थियो ।
यसरी कुल १ करोड ८५ लाख रुपैयाँको सम्पत्तिको गैरकानूनी स्रोत (इलिसिट अरिजिन) लुकाउने छल्ने उद्देश्यले काम गरेको भन्दै अख्तियारले सम्पत्ति शुद्धीकरण अन्तर्गतको कसुरमा भट्टराई र उनकी आमाविरुद्ध मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारले सम्पत्ति शुद्धीकरणसँगै भट्टराई र आमा जनकनन्दनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दासमेत दायर गरिएको हाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच