हेटौंडा। राष्ट्रिय युवा संघ नेपाल, मकवानपुरको १० औं जिल्ला अधिवेशन भोलिदेखि सुरु हुने भएको छ । २९ गतेसम्म चल्ने अधिवेशन राष्ट्रिय युवा संघ केन्द्रीय अध्यक्ष क्षितिज थेबेले उद्घाटन गर्नेछन् ।
हेटौंडा-१३, पदमपोखरीमा हुने अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको थियो । उद्घाटन कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ । अधिवेशनमा जिल्लाभरबाट २ सय ५० प्रतिनिधिले भाग लिने युवा संघ मकवानपुर संयोजक राजेश नगरकोटीले जानकारी दिनुभयो ।
अधिवेशनले आगामी २ वर्षका लागि ६ पदाधिकारीसहित ७५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने संयोजक नगरकोटीले बताउनुभयो । आफूलाई संगठनका तर्फबाट यो महत्वपूणर् जिम्मेवारी प्राप्त भएकोमा आफ्नो नेतृत्वमा युवा संघ कमिटी बन्ने वातावरण बनाउने उहाँले बताउनुभयो ।
केन्द्रीय अध्यक्ष थेबेलाई युवा संघले पदमपोखरी गुम्बाचोकदेखि झाँकीसहित मोटरसाइकल र्यालीले स्वागत गर्ने आयोजकले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहबाट प्रतिनिधिका रुपमा आएकालाई सहजताका लागि आयोजकले पदमपोखरीदेखि हेटौंडासम्म निःशुल्क बससेवा उपलब्ध गराउने संयोजक नगरकोटीले बताउनुभयो । पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख उज्ज्वल चौलागाईं, पार्टी उपसचिव आरती पाठक, प्रदेश युवा परिषद् कार्यकारी उपाध्यक्ष सन्तोष चौलागँईंलगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच