काठमाडौं । चर्चित भारतीय गायिका आशा भोसले र नेपाली संगीतसँगको साइनो पुरानो छ । ‘झरी बनी आएछ सावन’ बोलको गीत गाएर नेपाली संगीतप्रेमीहरूको प्रिय बन्नुभएकी उहाँले दर्जनौं नेपाली भाषाका गीतमा स्वर भर्नुभएको छ ।
विभिन्न भाषाका १५ हजार बढी गीत गाएर गिनिज बुकमा नाम लेखाइसक्नुभएकी उहाँसँगै गीत गाउने नेपाली कलाकारको संख्या नगन्य छ । पछिल्लो समय ९२ वर्ष पाको उमेरमा उहाँले युवा गायक मोहन राईसँग नेपाली गीतमा स्वर दिनुभएको छ । मोहन हालैमात्र मुम्बइमा पुगेर ८४ वर्षीय रञ्जित गजमेरको संगीत रहेको ‘यो हाम्रो माया’ बोलको गीतमा आशासँगै स्वर भरेर नेपाल फर्कनुभएको हो ।
‘ऐतिहासिक र दुर्लभ क्षण बटुलेर फर्किएको छु । गायक कैलाश खेरको कैलाशा स्टुडियो मुम्बईमा गीत रेकर्ड गराउने अवसर मिल्यो । नेपाली गायक गायिकाहरूलाई लागि संभवतः यो दुर्लभ क्षण हुनुपर्छ,’ मोहनले भन्नुभयो, ‘आशा दिदीलाई नेपाली संगीतमा भिœयाउने रंजित गजमेरकै सामिप्यतामा रहेर गीत रेकर्ड गराएका छौं । केही महिनाभित्र सार्वजनिक गर्छौ ।’
राष्ट्रिय भाव र मायाप्रेमका गीत गाउन रुचाउने मोहनले आफ्नो तेस्रो एल्बमका लागि आशा भोसलेसँग गीत गाउनुभएको हो । जसमा रञ्जित गजमेरको संगीत छ । ‘मायाको खेल’ र ‘कस्तो सपना’ पछि नयाँ एल्बमको तयारी गरिरहेको छु । चारवटा गीत तयार भइसके,’ उहाँले भन्नुभयो, ‘गीतकारहरूमा बामदेव गौतम, पवन चाम्लिङ, गौरव गुरुङ, टेक तामाङ, अशोक वान्तवा समेटेको छु । संगीतमा रञ्जित गजमेर, नरहरि प्रेमी, कन्काइस्ट राईले साथ दिनुभएको छ ।’
मोहनले संगीतमा रुचि राख्ने पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ (किरण)लगायत नेता, कर्मचारी प्रशासकहरूको गीत गाइसक्नुभएको छ । इलाम निवासी राईले नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवबाट–२०७१ सालमा आफ्नो पहिलो एल्बम विमोचनसमेत गराउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच