तीजको अवसरमा ८४ व्यञ्जन मेला

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मौलिक बजार कपन जाऊँ, मौलिक भान्छामा रमाऔँं, सात प्रदेशको परिकार खाऔँ, ७५३ पालिकाको उत्पादन लैजाऔँ भन्ने नाराका साथ मौलिक भान्छाघरले मौलिक उत्पादन तथा ४२ व्यञ्जन खानपिन मेला आयोजना गर्ने भएको छ । हरितालिका तीजको अवसरमा सुरु गरेर एक वर्षसम्म हरेक हप्ताको शुक्रबार र शनिबार मौलिक उत्पादन र ८४ व्यञ्जन खानपिन मेला २०८० आयोजना गर्ने भएको हो ।

वल्र्डमार्ट युनिक सोलुसन प्रालिद्वारा सञ्चालित अर्गानिक फार्म हाउस तथा मौलिक भान्छाघर र मौलिक बजारले तीजको अवसरमा भदौ ३० र ३१ गते ४२ व्यञ्जन परिकारको दर खुवाउने र ४२ व्यञ्जन परिकार मेला निरन्तर आयोजना गरिने जनाएको छ ।

आफ्नो जात, धर्मअनुसार मनाइने मौलिक चाडपर्व र यसमा खाइने विशेष परिकारकोे महŒव बुझाउने उद्देश्यले तीजको अवसरमा मौलिक भान्छाघरले ४२ व्यञ्जन परिकारको बुफे र थाली प्याकेजबाट दर खाने साथै स्थानीय मौलिक उत्पादन र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ ।

आयोजकले तीजको दर खाने अवसरलाई लक्षित गरी विशेष छुटसहित चाहेजति मात्रामा ४२ व्यञ्जन खाने गरी स्टल बुफे थाली प्याकेज पनि ल्याएको छ । ४२ परिकारको बुफे/थाली प्रतिव्यक्ति १९ सय ९९ रुपैयाँ रहेकोमा नौ सय ९९, बुफे प्रतिजोडी २९ सय ९९ रुपैयाँ रहेकोमा १९ सय ९९, कम्बो बुफे चारजना ३९ सय ९९ रहेकोमा २९ सय ९९ र कम्बो बुफे पाँचजनाभन्दा बढीका लागि प्रतिथाली नौ सय ९९ रुपैयाँ रहेकोमा सात सय रुपैयाँमै उपलब्ध गराएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?