सप्तरीको महुलीमा एक युवक मृत फेला

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 2 mins

सप्तरी । सप्तरीको महुलीमा एक युवक धानखेतको आलीमा मृत फेला परेका छन् ।

जिल्लाको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-६, महुली बजारदेखि ३ सय मिटर पूर्व तर्फ स्थानीय घुरण चौधरीको धानखेतको आलीमा स्थानीय ईश्वर पोखरेल मृत फेला परेका हुन् ।

बुधबार बिहान युवक खेतको आलीमा लडिरहेको देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक स्थानीय रामकाजी पोखरेलका २८ वर्षीय छोरा इश्वर पोखरेल रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी अनुसन्धान टोली खटाई घटना बारे अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी महेन्द्र नेपालले जानकारी दिनुभयाे ।

मङ्गलबार विश्वकर्मा पूजाको अवसरमा महुली बजारमा आयोजित सांस्कृतिक कार्यक्रममा युवाहरूबीचमा सामान्य झडप भएको जानकारी स्थानीयले दिएका छन् । यद्यपि, ईश्वर पोखरेलको सो झडपमा संलग्नता भए नभएको विषयमा कुनै पुष्टि भइसकेको छैन ।

स्थानीयका अनुसार, मङ्गलबार साँझ बजार गएको भनिएका पोखरेल घर नफर्किएको जनाइएको छ । वैदेशिक रोजगारीमा रहेका उनी केही हप्ताअघि आमाको झुन्डिएर भएको मृत्युको कारण स्वदेश फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?