विश्वकपका लागि इंग्ल्याण्डको टोली घोषणा

हिमालय टाइम्स
Read Time = 1 min

लण्डन । अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि टिम घोषणा गरेको छ । इंग्ल्याण्डले जस बटलरको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गर्नुभएको हो । विष्फोटक ओपनर जासन रोयलाई भने टोलीमा समावेश गरिएको छैन । टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।

इंग्ल्याण्ड अघिल्लो संस्करणमा न्यूजिल्याण्डसँग पाँच विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो । इंग्ल्याण्डले अफगानिस्तानसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । इंग्ल्याण्डको घोषित टोलीमा जस बटलर, मोइन अली, जोनाथन बरिस्ट्रो, साम कुरान, क्रिसज जोर्डन, लिम लाइभस्टोन, डोविड मलान, आदिल रासिद, फिल स्लट, बेन स्ट्रोक, राइस टोपली, डेविड वल्ली, क्रिस वाक्स र मार्क उड रहनुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?