काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले ‘पठाओ दशैँ महोत्सव २०८१’ सुरु गरेको छ । महोत्सवमा पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोहरूले अधिक कमाई गर्न सक्ने कम्पनीले जनाएको छ । महोत्सव असोज १७ गतेसम्म चल्ने पठाओ नेपालकी मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले जानकारी दिनुभएको छ ।
हमालका अनुसार पठाओले राइड सेयरिङ सुविधा अहिले नेपालभर दिएको भए पनि महोत्सव काठमाडौं उपत्यकाका लागिमात्र हो । साथै दैनिक एक प्रतिशत कमिसन अफर पनि भएकाले महोत्सव चालकका लागि थप कमाई गर्ने राम्रो अवसर भएको हमालको भनाइ छ ।
दैनिक एक प्रतिशत कमिसन अफरमा चालकले दैनिक राइड लिँदै जाँदा अफिसलाई तिर्नुपर्ने कमिसन घट्दै जाने र दैनिक एक प्रतिशतसम्म पुग्ने उहाँको दाबी छ ।
धेरै राइड वा डेलिभरी गर्नेमध्येबाट लक्की ड्रबाट तीनजना विजेता छनोट हुने र विजेताले होण्डा साइन १२५ सिसी मोटरसाइकल बम्पर उपहार पाउने कम्पनीले जनाएको छ । बम्पर उपहारको लक्की ड्रमा पर्न २१ दिनभित्र सबै राइडर, क्याप्टेन, पठाओ हिरो तथा पार्सल हिरोहरूले एक सय ७० भन्दा धेरै राइड या डेलिभरी, ७० प्रतिशत सिआर (कम्प्लेसन रेट) वा एसआर (सक्सेस रेट) पूरा गर्नुपर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच