काठमाडौं । सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ७ गतेलाई याक दिवसका रूपमा मनाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफ्नो अग्रसरतामा भदौ ३० गते मन्त्रालयले तयार पारेको सोसम्बन्धी प्रस्ताव स्वीकृत गर्नुभएको थियो । याक तथा चौरी संरक्षण सम्वद्र्धन एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय याक दिवस घोषणा गरी मनाउने निर्णय गरिएको कृषि तथा पशुपन्छी विकासमन्त्री अधिकारीले बताउनुभयो । याक दिवस घोषणाले याकजन्य वस्तुहरूको गुणस्तरीयतामा वृद्धि भई राष्ट्रिय आय वृद्धिमा योगदान दिन सक्ने र याक तथा चौंरी विकास र प्रवद्र्धनमा सहयोग पुग्ने र संरक्षण, प्रवद्र्धन र विकासमा सघाउ पुग्ने विश्वास मन्त्रालयले लिएको छ ।
जंगली याकसँग स्थानीय गाईको क्रस गरी घरपालुवा चांैरीको विकास गरिने भएकाले जंगली याकको संरक्षण चौंरी उत्पादनसँग प्रत्यक्षरूपमा जोडिएको छ ।
नेपालमा उत्पादन हुने विश्वप्रसिद्ध याक चिज ओमेगा-३ फ्याट्टी एसिडको स्रोत रहेको, याकको दही प्रसिद्ध दुग्ध परिकारका रूपमा रहेको, याकको दूधबाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानको आम्दानीको प्रमुख स्रोतका रूपमा रहेको र हिमाली क्षेत्रको सभ्यताका रूपमा समेत याक रहिआएको छ ।
याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा उल्लेख गरेको छ । याक अनुवांशिक स्रोत केन्द्रले गत २०८० साल वैशाख ७ गते आफ्नो ५०औँ स्थापना दिवस मनाउने सन्दर्भमा याक तथा चौंरीको संरक्षण र सम्वद्र्धनका लागि वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवस घोषणा गरी मनाउन उपयुक्त हुने निर्णय गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच