शशिकला स्मृति पत्रकारिता पुरस्कार २०८१ काफ्ले र ढकाललाई

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 2 mins

इलाम । सहिद स्मृति प्रतिष्ठान इलामले  वितरण गर्दै आएको १० वर्षे शसस्त्र शङ्घसका सहिद पत्रकार ‘शशीकला स्मृति पत्रकारिता पुरस्कार-२०८१ बाट पत्रकार रोशन काफ्ले र खेमराज ढकाल सम्मानित भएका छन् ।

संविधान दिवशको अवसर पारेर वितरण हुने उक्त पुरस्कारबाट बिहिवार जिल्ला समन्वय समिति इलामको सभाहलमा एक कार्यक्रमबीच  काफ्ले र ढकाल सम्मानित भएका हुन् ।

सम्मानित व्यक्तिलाई संस्थाका सल्लाकार टीका घिमिरे, अध्यक्ष धिरेन शर्मा रमणले दोशल्ला र सम्मान पत्रले सम्मान गरेको सचिव जीवन शर्माले बताए । कार्यक्रममा प्रतिष्ठानको उपाध्यक्ष उर्मिला तामाङले शशिकला को हुन् भन्ने चिनाउँदै उनले देशको परिवर्तनको लागि दिएको योगदानको चर्चा गरेकी थिइन् ।

१० वर्षे शसस्त्र सङ्घर्साका क्रममा सहादत प्राप्त गरेका सहिदहरुको नाममा स्थापित प्रतिष्ठानले तीन वर्ष अघि सहिद पत्रकार शशीकला शर्माको स्मृतिमा सो पुरस्कार स्थापना गरेको थियो । यसअघि सो पुरस्कार इलामका लेखक/पत्रकार रीता राराहाङ, नाटककार/पत्रकार चेतन आङ्थुपो र पत्रकार भगीरथ भण्डारीले पाइसकेका छन् ।

तत्कालिन क्रान्तिकारी पत्रकार संघमा आवद्ध शर्मालाई शसस्त्र सङ्घर्सका बेला २०६० असोज २६ गते तत्कालिन शाही सेनाले इलाम नगरपालिका-३ पुवामझुवामा गोली प्रहार गरी हत्या गरेका थिए । शर्मा तत्कालिन देउमाई गर्जन पत्रिकाका सम्पादक थिइन् ।

सहिद स्मृति प्रतिष्ठान इलामका अध्यक्ष धिरेन शर्मा रमणको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ इलाम अध्यक्ष विप्लव भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?