
काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेर नेपाल फर्किएको पुलिस क्लबलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ । सोमबार स्वदेश फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो ।
टोलीलाई बाजागाजासहित स्वागत गरिएको थियो । उनीहरूलाई गाडीमा राखेर नगर परिक्रमा पनि गराइयो । उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउँदै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो ।
माल्दिभ्समा शुक्रबार सम्पन्न प्रतियोगितामा नेपाल, उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र ताजकिस्तानका ६ टोलीले सहभागिता जनाएका थिए । पुलिसले लिग चरणमा हुमो, श्रीलंकाको श्रीलंका एयरफोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३-० को, माल्दिभ्सको वाम्को क्लबलाई ३-२ तथा माल्दिभ्स पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गरेको थियो ।
गत चैतमा सम्पन्न आठौँ एनभिए महिला भलिबल लिग विजेताको हैसियतामा पुलिसले यस काभा महिला क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर पाएको हो । पुलिसले प्रतियोगिताका लागि विभागीय प्रतिद्वन्द्वी नेपाल एपिएफ क्लबबाट सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यु डायमण्ड यु स्पोर्ट्स क्लबबाट सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच