कुलोको पानीमा डुबेर बालिकाको मृत्यु

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । जिल्लाको पर्सा गाउँपालिका स्थित आफ्नै घर अगाडीको कुलोको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ । पर्सा गापा-५, पर्सा टोल निवासी बब्लु अंसारीकी छोरी २ वर्षीया आईसा खातुन आफ्नै घर अगाडिको कुलोमा डुबेर मृत अवस्थामा मंगलबार दिउँसो फेला परेकी हुन् ।

साँढे ३ बजेतिर घर अगाडी खेल्दै गरेकी खातुनलाई नदेखेपछि आफन्तसहित परिवारले प्रहरीमा खबर गरेका थिए । तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले खोजतलास गर्दा ४ बजेतिर घरदेखि १५० मिटर दक्षिणतर्फ कुलोको पानीमा डुबेर मृत अवस्थामा खातुनलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

अहिले घटनास्थल मुचुल्का लगायत काम भइरहेको र कागजात तयार गर्ने काम सम्पन्न भएपछि शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा पठाईने प्रहरीले जनाएको छ ।

यस्तै सर्लाहीको रामनगर गाउँपालिका-२ ईनर्वास्थित धान खेतमा एक ४ वर्षीय बालकको शव फेला परेको छ । जिल्लाको दक्षिणपश्चिम क्षेत्रमा पर्ने रामनगर गाउँपालिका-२ ईनर्वाका रामध्यान रायका ४ वर्षीय छोरा तेजस्वी यादवको शव धान खेतमा फेला परेको हो । बालक आइतबार साँझ साढे सातबजे घरबाटै हराएका थिए ।

उनको अबेर रातीसम्म परिवारजनले खोजी गरेपनि भेट्न सकेको थिएन । बालकको शव सोमबार मात्र धान खेतमा फेला परेको प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयाे । उहाँका अनुसार घरको ५ सय मिटर टाढा धान खेतमा बालकको शव फेला परेको हाे ।

बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ । बालकको सम्भावित मृत्यु नभएको र घटना संकास्पद देखिएकोमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?