
काठमाडौं । नेपाल पत्रकार महासंघ, नेपाल टेलिभिजिन प्रतिष्ठान शाखाद्वारा स्थापित ‘हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ कान्तिपुरकर्मी होम कार्की, प्रकाशचन्द्र तिमिल्सेना र श्याम श्रेष्ठ तथा नेपाल टेलिभिजनकर्मी दुर्गाकुमारी भट्ट र विपिन श्रीवास्तवलाई प्रदान गरिएको छ । पाँच पत्रकारलाई संयुक्तरूपमा एक लाख र ताम्रपत्र प्रदान गरिएको हो । पुरस्कृत कान्तिपुरकर्मी कार्कीले इजरायलबाट हमास-इजरायल युद्धको रिपोर्टिङ गर्दाको अनुभव बताउँदै भन्नुभयो, ‘हामीले अन्धाधुन्द गोली र मिसाइल बज्रिरहेको अवस्थामा पत्रकारिता गरेका छौँ । ज्यानकै असुरक्षा हुँदा पनि पत्रकारले रिपोर्टिङ नगरी बस्न मनले मान्दो रहेनछ, युद्ध क्षेत्रमा पुगेर रिपोर्टिङ गर्नु आफैंमा जोखिम थियो ।’
पुरस्कार छनोट समितिमा रहनुभएका राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले विषयको छनोट, परिवेश, दृश्य र त्यसको प्रभावसमेतलाई मूल्यांकन गरेर पुरस्कार छनोट गरिएको बताउनुभयो । ‘पत्रकारिता आफैंमा जोखिमपूर्ण हुन्छ,’ उहाँले भन्नुभयो, ‘यस पुरस्कारले हरेक पत्रकारलाई जोखिम मोल्न सक्ने ऊर्जा प्रदान गर्न मद्दत गर्छ ।’
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाहले जोखिमपूर्ण क्षेत्रमा खटिएर पत्रकारिता गर्न पुरस्कारले ऊर्जा प्रदान गरेको बताउनुभयो । पुरस्कार छनोट समितिमा झासहित वरिष्ठ सञ्चारविद् मन्टेश्वरी राजभण्डारी, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवाल, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष शाह, समाचार प्रमुख पुष्पहरि क्याम्पाराई र प्रतिष्ठान अध्यक्ष हमाल सदस्य हुनुहुन्थ्यो । सो अवसरमा नेपाल टेलिभिजनका ज्येष्ठ कर्मचारी सरस्वती शर्मा र सुधीरकुमार मिश्रसमेतलाई सम्मान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच