जुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड शाखा कार्यालय जुम्लाले असोज १३ गतेदेखी सहुलियत मूल्यको खाद्यान्न पसल संचालन गर्ने भएको छ ।
नेपालीहरुको महान पर्व दशै तिहारको चाडबाडलाई लक्षित गरेर सर्वसाधारण नागरिकको राहतका लागि सुपथ मुल्यको खाद्यान्न पसल संचालन गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड शाखा जुम्लाका प्रमुख सन्तोष तिवारीले जानकारी दिनुभयो ।
यही असोज १३ देखि माघ २ गतेसम्म सुपथ मुल्यको खाद्यान्न पसल संचालनहुने भएको छ । सुपथ मुल्यको खाद्यान्न पसलबाट प्रतिकेजि चामलको ५ रुपैयाँ छुटहुने भएको छ । स्ट्रिम जिरा मसिनो चामलको मुल्य अहिले २४ सय रहेको छ । अब खाद्यान्नको सुपथ मुल्यको पसलबाट २२ सय ७५ मा विक्रिहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड शाखा कार्यालय जुम्लाका प्रमुख सन्तोष तिवारीको भनाइ छ ।
कम्पनीबाट हाल सोना मनसुलि चामल १७ सय ५० मा विक्रिहुँदै आएकोमा । सुपथ मुल्यको पसलबाट १६ सय २५ रहेको छ । अरुवा मोटो १६ सय ७५ रहेकोमा अब १५ सय ५० रुपैयाँमा सुपथ मुल्यको खाद्यान्न पसलबाट विक्रि हुने भएको छ ।
यो आर्थिक वर्षका लागि जिल्लामा ९ हजार क्वीन्टल चामलको कोटामध्ये हालसम्म २ सय ७० क्वीन्ट चामल कार्यालयमा आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड शाखा कार्यालय जुम्लाका सुचना अधिकारी लक्ष्मण शर्माले बताउनुभयो ।
कम्पनीले यहाँको तिला गाउँपालिकाको जुम्लाकोट, सिंजा गाउँपालिकाको धाँपा डिपो,तातोपानीको पाताथरसाँघु,पातारासीको लुम र हिमा गाउँपालिकाको बाँजागाड विक्रि केन्द्रबाट समेत सुपथ मुल्यको खाद्य पसल संचालन गरिने भएको छ । उक्त स्थानीय तहका नागरिकलाई सम्बन्धित स्थानीय तहबाटै सुपथ मुल्यमा चामल लिन आग्रह गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड शाखा कार्यालय जुम्लाले जनाएको छ ।
सहुलियत पसल संचालनमा आएपछि यहाँका स्थानीय उपभोक्तालाई निकै राहत पुग्ने तिला गाउँपालिका-१ का स्थानीयवासि धनपत्ति बुढाको भनाइ छ । संघीय सरकारको निर्णय अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीका नौ जिल्लामा एकसाथ असोजको पहिलो सातादेखि चाडपर्व लक्ष्य गरी सुपथ मूल्यको पसल संचालनमा ल्याएको हो । उपभोक्ताले माग गरेमा दसैँदेखि तिहार हुँदै छठसम्म सुपथ मूल्य पसल संचालन गर्ने खाद्यको लक्ष्य रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्णाली प्रादेशिक प्रमुख माधव मिश्रले जानकारी दिनुभयो ।
सुर्खेत, जाजरकोट, कालिकोट, रुकुमपश्चिम, डोल्पा, दैलेख, मुगु, जुम्ला र हुम्लामा एकसाथ चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल संचालनमा आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश कार्यालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच