✍️ कोलमुनि
हामी तल्लाघर माथ्लाघर तिनका पछिपछि दगु¥थ्यौँ । ती घामको झुल्कोसँगै घरै पिच्छे डुल्दै हिँड्थे । सात पत्रे जस्तो स-साना काला झोलाको बिटो तिनको एउटा काँधमा झुण्डिएको हुन्थ्यो । ती कहाँदेखि आउँथे, हामीलाई थाहा हुँदैनथ्यो । कुनै-कुनैलाई घर काँ हो ? भनेर बुत्राआमा सोध्नु हुन्थ्यो । तिनीहरू कोही संखुवासभा, कोही भोजपुर, कोही तेह्रथुमतिर हो भनि बताउथे । ती जहिले आए पनि, जतिखेर आएपनि मैले त्यो थैलाको बिटो भरी भएको कहिल्यै देखिन ! ती दिनभरि अन्न बटुली हिँड्थे । रातभरि फेरी लाउन । धान खेती हुनेले चामल पनि दिन्थे । नहुनेले नगौटा मकैका घोगा दिन्थे । ती तन्त्रमन्त्रमा पनि निक्कै खप्पिस हुन्छन् भन्ने कुरामा विश्वास गरिन्थ्यो । बुबाआमा तिनलाई गाई-भैँसीलाई नून फुक्न लाएर खुवाउँनु हुन्थ्यो । तिनीहरू मनमनै मन्त्र उच्चारण गरेर मकैको पिठोमा नुन फुकी दिन्थे । फुकेको नुन नाङ्लामा हालेर भूइँमा नराखी गाई-भैँसीलाई चटाउनुपर्ने । यसो गर्नाले बस्तु-भाउको प्रजनन् शक्तिमा वृद्धि हुन्छ भन्ने विश्वास गाउँलेमा थियो । ठूलो भरोसा हुन्थ्यो, उनीहरूको तन्त्र-मन्त्रमा । खास गरी तिनीहरू गाउँमा भदौदेखि कात्तिक महिनासम्म आउँथे । यसरी आउँदा हाम्रो बचपनमा तिनले एउटा खुशी पनि लिएर आउँथे । तिनीहरू फेरी लाउँदै गाउँघर घुम्न थालेपछि पनि हाम्रा लागि दशैँतिहार छिट्टै आउँथ्यो । पछि बुझ्दा ती जोगी रहेछन् ।
त्यस दिनदेखि मैले बुझेँ । जोगीले राति फेरी लाउँदा बजाउँने शंख छुट्टै हुँदो रहेछ । मरुमराउ हुँदा र पूजाआजामा बजाउँने शंख छुट्टै । मेरो सातो खाने शंख त्यही रहेछ । जुन मरुमराउमा र पूजाआजा वा कुनै ठूलोसानो कार्जेमा बजाइनेभन्दा अलग । यसबाट निस्कने आवाज पनि फरक रहेछ ।
अलि ठूलो भएपछि बुझी ल्याउँदा ती थरका मानिस हाम्रो गाउँमा थिएनन् । तिनीहरू हाम्रो गाउँमा आउँदा हाम्रा लागि ती चिज लाग्थे । तिनीहरू घरको वरिपरि शंख बजाउँदै घुम्थे । केके फलाक्थे । म कत्ति पटक शंखको आवाजले निद्रामा तर्सेर उठेको छु । अनि रातभरि ननिदाइ उज्यालो पारेको छु । मलाई हल्का थाहा थियो । शंख मान्छे मर्दा बजाउँछन् । मरेको मान्छेलाई हरियो बाँसमा बाँधेर सेतो कपडाले छोप्छन् अनि घाट लान्छन् । जोगीहरू मान्छे नमरिकनै रातभरि शंख बजाउँदै हिँड्छन् । रातिवयाँल डर पनि नलागेको ! म शंखको आवाजले नराम्रोसँग तर्सेर निद्रामा ब्युँझेछु । निक्कै सारो रोएँछु । आमाले फकाउँदै भन्नुभयो, ती त जोगी हुन् नानी घरघरमा फेरी लाउँदै हिँडेका ।
आउँछन्, जान्छन् किन रोएको ? रुनु हुँदैन त । धेरै रुने केटाकेटीलाई त तिनले झोलामा हालेर आफ्नो घर पो लान्छन् है । यस्तै के के भनेर डर पनि देखाउँनु भयो । साँच्चै म तिनको झोला सम्झेर डराएँ पनि । रुन दुहाई । त्यहाँदेखि रोए त के र । रोयो भने शंख बजाउँने मान्छे आउँछन् र झोलामा हालेर लान्छन् म त केही भन्नेवाला छैन भनेपछि चुपचाप । त्यसपछि ममा मान्छे मर्दा बजाउने शंख र राति फेरी लाउँन आउँदा बजाउने शंखको रूप हेर्ने आकांक्षा तीव्र भएर आयो । त्यो बेलासम्म मलाई लागेको थियो, एउटै होला शंख । माथि चित्रेसम्मका मानिस मर्दा लास ल्याउने मूल डाँडो हाम्रो घर पर्तिर नजिकै थियो । त्यसलाई हामी सिमली डाँडो भन्थ्यौँ । सिमली डाँडो हुँदै मलामी लास लिएर झर्थे ।
शंख बजेको सुनेपछि हामी हेर्न जान्थ्यौँ । आमा भाइलाई नलैजाओ सानै छ डराउँछ । डरायो भने सातो जान्छ बिरामी हुन्छ भन्नुहुन्थ्यो । दिदीहरू हिँडेपछि म उनका पछि लागिहाल्थेँ । म लास हेर्नभन्दा पनि शंख बजाउँने मान्छे र शंख हेर्न लालयित हुन्थेँ । कत्ति पटक त खन्न गर्दा पनि मैले शंख बजाउँने मानिसलाई देखिन । मलामीको ताँती हुन्थ्यो । शरूदेखि अन्त्यसम्म नियाल्थेँ । शंख बज्छ तर कसले बजाउँछ–बजाउँछ मेलै पाइँन ।
एकदिन बल्ल मैले शंख बजाउने मानिसलाई देखेँ । हामी त्यसरी नै मलामीले लास लिएर आएपछि हेर्न सिमली डाँडा निस्कियौँ । एकजना बूढोबूढो मानिसले लासको पछिपछि हिँड्दै उभिँदै ढाड कुप्री परुन्जेल बल गरेर शंख फुके । दुवै हातले शंख छोपिएको थियो । औँलाको चेपबाट अलिअलि सेतो रंगको शंख देखेँ मैले । मलाई लाग्न थाल्यो, त्यसो भए मरुमराउमा बजाउने शंख र जोगीले राति फेरी लाउँदा बजाउने शंख उही हो त ? आफूसँग उत्तर नभएपछि मैले यो प्रश्न आमालाई सोधेँ । आमाले खै जोगीले फेरी लाउँदा बजाउने शंख त मैले पनि आजसम्म देखेको छैन नानी । मरिमराउमा बजाउने शंख चाहिँ सेतो रंगको हत्केला भरिको डल्लो हुन्छ भन्नुभयो । मरुमराउमा बजाउने शंख त हाम्रै गाउँले काकाको घरमापनि रहेछ, पछि मैले देखेँ । मुखमा सानो तर पुच्छरतिर ठूलो प्वाल भएको । सेतो डल्लो । अब जोगीले फेरी लाउँदा बजाउने शंख हेर्ने इच्छा तीब्र भयो, ममा तर कसरी ? तिनीहरू राति सबै निदाएपछि आउथे, फेरी लाउँदै । कहिले विहानका राति आउथे ।
अँध्यारोमा कसरी देख्नु त्यो पनि राति ∕ विहान जय गोरखनाथ भन्दै आँगनमा उभिन्थे । म तिनका हात, झोलाउँदो नियाल्थेँ । शंख कहाँ राखेको छ ? भनेर सबैतिर आँखा डुलाउँथेँ । कतै देख्दैनथेँ । तिनलाई सोध्न पनि सक्दैनथेँ । ती काँ खान्थे ? कता सुत्थे ? भेला पारेको अन्न काँ राख्थे ? ममा प्रश्नहरू उब्जिरहन्थे । म आमालाई सोध्थेँ, आमा यिनीहरू रातमा सुत्दैनन् ? रातभरि यिनीहरू यतिकै हुन् ? यसरी नै फेरी लाउँदै केके फलाक्दै हिँड्नुपर्छ यिनले ? आमा भन्नुहुन्थ्यो, के खाँचो परेको यसलाई । सुत्छन् नै । एक छिन् सुत्छन् । आँखाको बिष मार्छन् अनि हिँड्छन् । उनीहरूको खाने मेलो यही हो अनि सुतेर हुन्छ के त । विचराहरू एकछिन् थकाई मार्दा हुन् अनि हिँड्दा हुन् ।
एकदिन जोगीले हाम्रो घरमा खाना खाने भए । भेला पारेको अन्न हाम्रै घरको सिकुवामा थुपारे । दुई भाइ थिए । हामी केटाकेटीलाई के चाहियो । हाम्रो घरमा जोगी बसेका छन् भनेर खुब फुर्कियौँ साथिसँग हामी । निक्कै फुर्ति लायौँ तिनका अघि । आमाले तिनलाई खाना पकाएर दिनुभयो । भोजपुर घर भन्थे । उनीहरू बुवासँग गफ गर्दै मकै छोडाइ रहेका थिए । भेला पारेको अन्न त्यहीँ गाउँकै बजारमा लगेर बेच्दा रहेछन् अनि त्यसको नगद बनाउँदा रहेछन् । काँ हो काँ एक देशको बाटो घर । अन्न बोकेर त कहिले पुग्नु घर ! अहिले जस्तो यातायातको सुविधा पनि काँ थियो र त्यो बेला थिएन । आज भन्दा ४० वर्ष पहिलेको कुरा हो । त्यतिबेला म त्यस्तै ९/१० वर्षको थिएँ होला ।
मेरो मनले जितिसकेको थियो । अब हाम्रै घरमा बसेपछि यिनको राति बजाउने शंख कस्तो हुँदो रहेछ । आज चाहिँ नहेरी छोड्दिन । म दाउ हेरिरहेको थिएँ । मैले तिनकोसँगै बुवाको पनि आँखा छल्नु पर्थ्यो । आज जसरी भएपनि मैले यिनको राति फेरी लाउँने त्यो शंख हेरेरै छाड्छु । आज पनि मैले त्यो शंख हेर्न सकिन भने कहिल्यै पनि त्यो देख्न पाउँने छैन । तिनले फेरी लाउँने शंखको बारेमा मेरा मनमा उब्जिएका जिज्ञाशा कहिल्यै मेटिनेवाला पनि छैनन् । यस्तो मौका फेरि कहिले पर्ला ? कत्ति वर्षपछि परेको मौका थियो त्यो । उनीहरू धमाधम मकै छोडाइरहेका थिए । म अगिदेखि नै दाउ हेरिरहेको थिएँ । उनीहरूको झोला कहाँ छ । थैलाको बिटो कहाँ छ । त्यो पनि मैले देखिसकेको थिएँ । एउटा सानो झोला सिकुवाको तल्लो आँटमाथि लाछीको खाँबोमा झुण्डिएको थियो । तिनका ती कालाकाला सातपत्रे जस्ता लाग्ने थैलाको बिटो एकापटि खाटको छेउमा थुपारेका थिए । त्यहाँ त्यो फेरी लाउने शंख थिएन । भए त्यही लाछीको खाँबामा झुण्डाएको झोलाभित्र हुनुपर्छ । मैले टुंगो लाइसकेको थिएँ । मलाई किन हेर्नु परेको ∕ मेरो अभिप्राय त्यही तिनको राति फेरी लाउँदा बजाउने शंखको अनुहार हेर्नुमात्र थियो ।
कस्तो हुँदो रहेछ भन्ने पहिलेदेखिको मेरो ठूलो जिज्ञाशा । सायद यो अरूले पनि देखेको थिएन । यो केको हुन्छ ? भन्ने बारेमा मैले आफू भन्दा ठूलाबाट नानाथरीका कुरा सुनेको थिएँ । जुन पत्याउँनै नसकिने डर लाग्दा कुरा । त्यसैले म त्यो हेर्न डराइरहेको पनि थिएँ । कतै त्यो झोला खोतल्दा त्यहाँबाट मसान निस्कने त होइन । खाँबामा छलिँदै खाटबाट विस्तारै विरालोको चालमाअगि बढेर म तल्लो आँट माथि उभिएँ । उनीहरू निहुरिएर मकै छोडाइरहेका थिए । पहिलो पल्ट मैले एउटा हातको चोर औँलाले झोलाको मुख यसो अलिकति च्यातेर चिहाएँ । त्यहाँ एउटा कालो ध्वाँसो लागेको नलि खुट्टाको हड्डी जस्तो तर बटारिएका राता धर्सा भएको वस्तु देखेँ । त्यसको बिचमा कालो प्वाल थियो । यही रहेछ शंख भन्ने चाहिँ भयो । मैले त्यो झोलाबाट झिक्न पाइँन । जोगी दाइले देखि हाले । उनले मेरो हात समाउँदै भने, ए नानी यो त दिउँसो झोलाबाट झिक्नु हुँदैन त के गरेको ∕ भूइँमा झ¥यो भने फुट्छ । त्यही मौकामा मैले शंका सपनै नभएजस्तो गरि उनलाई सोधेँ, के हो यो ?
साच्चै वर्षमा एकपल्ट गाउँमा आउने यी हाम्रा लागि गाउँका गहना जस्ता लाग्थे । हामी बबुरा केटाकेटी तिनका पछिपछि लागेर तल्लाघर र माथ्लाघर कत्ति कुद्थ्यौँ । ती आउन छोडेपछि म आमालाई आमा अब जोगी फेरि कहिले आउँछन् ? भनेर सोध्थेँ । आमा अब आगुम दशैँ आउने बेलामा भनेर जवाफ दिनु हुन्थ्यो । हामी तिनलाई सम्झँदै आगुमको दशैँको बाटो हेर्न थाल्थ्यौँ ।
उनले त्यसलाई एउटा हातले ठेल्दै झन् तलतिर नदेखिने गरि लुकाए । मैले झिकेर हेर्न पाउँदै पाइँन । उनले त्यसलाई छोपछाप पार्दै भने, केटाकेटीलाई किन चाहियो ? यो जरायोको सिङ हो । ए त्यस्तो शंखभन्दा मजाले दोहोरो बज्ने के रहेछ भनेको त जरायोको सिङ पो रहेछ ।
अलि अघिसम्म मैले त्यहाँ एउटा अजिबको वस्तु देखेको थिएँ । त्यो खागीको एउटा सानो झोला थियो । भित्र अरू पनि केके थियो । सबै त मैले हेर्न पाइँन । आधाभन्दा बढी जसो झोलाको भाग निक्कै पोटिलो थियो । माथिबाट लुगाकपडा खाँदेर राखिएको थियो । छेउमा ठाडो पारेर राखिएको रातोरातो र कालोकालो झोलाको फित्ताले छलिएको एउटा वस्तु थियो । त्यो बडो जतनसँग निक्कै महंगो चिज जस्तो गरी राखिएको थियो । कोदालोको बिँड जत्रो तर एक मुड्की जतिको लामो र खोक्रो चिज थियो, त्यो । देखिएको भागले त्यसको पातलो पनको पनि पुष्टि गरिरहेको थियो । त्यसलाई झिकेर मजाले घुमाइघुमाइ हेरौँला भन्ने थियो । हेर्न पाइएन । मैले हेर्न खोजेको कुरा पनि त्यही थियो । झट्ट हेर्दा त्यो सानो दाउराको टुक्रो जस्तो पनि देखिन्थ्यो । हातमा खेलाउँदै राम्ररी हेर्न पाइने भो भन्ने थियो । त्यसको एकापटि मुख लाएर बजाउँला मिलेछ भने भन्ने पनि थियो । त्यो पनि भएन । राम्रोसँग हेर्न त नहुने । बजाउँने त उपल्लो कुरा भइगो नि ।
त्यस दिनदेखि मैले बुझेँ । जोगीले राति फेरी लाउँदा बजाउँने शंख छुट्टै हुँदो रहेछ । मरुमराउ हुँदा र पूजाआजामा बजाउँने शंख छुट्टै । मेरो सातो खाने शंख त्यही रहेछ । जुन मरुमराउमा र पूजाआजा वा कुनै ठूलोसानो कार्जेमा बजाइनेभन्दा अलग । यसबाट निस्कने आवाज पनि फरक रहेछ । उता शुभ कार्यमा त्यही शंख दोहोरो फुकिँदो रहेछ । यता मरुमराउमा त्यही शंख एकोहोरो फुकिँदो रहेछ । यसरी बुझ्ने हुँदा म निक्कै ठूलो भइसकेको थिएँ । राति त्यसरी जोगी फेरी लाउँदै आउँदा हामी कुनै बेला घरको ढोका खोलिदिन्थ्यौँ । जोगी दाइ ठूलो स्वरमा केके फलाक्दै भित्र मूल खाँबोसम्म आएर फेरी लाउँथे । अनि फर्कन्थे । यसरी घर वरिपरि घुम्दै फलाक्दै भित्र मूल खाँबोसम्म पुगेर फेरी लाउँदा घरको रक्खे हुन्छ । दोख भाग्छ । भूतप्रेत हट्छ भन्नुहुन्थ्यो,आमा । हामी केटाकेटी अब छिट्टै दशैँ आउँने आशमा खुशी हुन्थ्यौँ । खास गरि हाम्रो गाउँमा भदौ-असोज, कात्तिक महिनामा यसरी फेरी लाउन जोगी आउथे । हामी केटाकेटीका लागि यसरी जोगी फेरी लाउँदै गाउँमा आएपछि दशैँ चाँडै आउँथ्यो । प्रायः उनीहरू यसरी फेरी लाउँन दशैँको मुखैमा आउथे । दशैँतिहार लिएर आउँने ती जोगी हाम्रा लागि खुशीका पात्र पनि हुन्थे । साँच्चै वर्षमा एकपल्ट गाउँमा आउँने यी हाम्रा लागि गाउँका गहना जस्ता लाग्थे । हामी बबुरा केटाकेटी तिनका पछिपछि लागेर तल्लाघर र माथ्लाघर कत्ति कुद्थ्यौँ । ती आउँन छोडेपछि म आमालाई आमा अब जोगी फेरि कहिले आउँछन् ? भनेर सोध्थेँ । आमा अब आगुम दशैँ आउँने बेलामा भनेर जवाफ दिनु हुन्थ्यो । हामी तिनलाई सम्झँदै आगुमको दशैँको बाटो हेर्न थाल्थ्यौँ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच