
झापा । दुर्गा प्रसाईं नेतृत्वको उच्छृङ्खल समूहले असोज ७ गते बिहान ३ बजेतिर प्रहार गरेको पेट्रोलबमबाट गम्भीर घाइते भएका भारतीय नागरिक पाेदाे रायको शिलगुडीमा उपचारका क्रममा आइतबार मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घाईते रायको उपचारको क्रममा भारत दार्जलिङ जिल्ला स्थित शिलगुडीकाे नर्थ बंगाल मेडिकल कलेजमा मृत्यु भएको हो ।
भारत इस्लामपुरका ४० वर्षीय राय प्रसाईं समूहले झापा बिर्तामोड नगरपालिका ६ को बुट्टाबारीमा आगजनी गरेको WB73E3056 नम्बरको भारतीय मालबाहक ट्रकका चालक हुन् । उनको शव अहिले पूर्वी काँकडभिट्टा नजिकको भारतीय सीमा बजार पानीट्याङ्कीमा ल्याएर आक्रोशित आफन्तहरुले प्रदर्शन गर्ने तयारी गरिरहेको स्रोतले बतायो ।
सुरक्षाका कारण नाम नखोल्ने शर्तमा पानीट्याङ्कीमा व्यवसाय गर्ने एक व्यक्तिले भने," यहाँ आक्रोशितको भीड छ, शव सडकमा राखेर प्रदर्शन गर्ने तयारी भएपछि त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालित भएको छ ।"
असोज ७ गते सो समूहले प्रहार गरेको पेट्रोलबमले लागेर रायको शरीरको ६० प्रतिशत भाग जलेको थियो। स्थिति गम्भीर भएपछि घटना भएकै दिन थप उपचारका लागि रायलाई भारत लगिएको थियो ।
झापाको काँकडभिट्टा तर्फ जाँदै गरेको सो खाली ट्रकमा प्रसाईं समूहका व्यक्तिले रोकेर पेट्रोलबम प्रहार गरेको थियो। पेट्रोलबम प्रहार हुनसाथ राय भाग्न खोजेका थिए । उनलाई जलिरहेको ट्रकमा पुनः हालेर सो समूह फरार भएको थियो । तत्काल इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रनाउ प्रकाश बिष्टको कमाण्डमा टोली खटिइ दमकल र प्रहरीको सहयोगमा उक्त आगो निभाएको थियो ।
रायका आफन्तले प्रसाईंले संचालन गरेको सो अस्पतालमा सुरक्षाको आशंका गरेपछि घटना भएकै दिन रायलाई थप उपचारका लागि भारत पठाइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच