
काठमाडौं । न्यूजील्याण्ड आइसीसी महिला टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न समुह चरणको अन्तिम खेलमा पाकिस्तानलाई ५४ रनले पराजित गर्दै न्यूजील्याण्ड समुह ए बाट सेमिफाइनलमा पुगेको हो ।
न्यूजील्याण्डले दिएको १११ रनको लक्ष्य पछाएको पाकिस्तानले ११.४ ओभरमा अलआउट हुदै ५६ रन मात्र बनाएको थियो ।
यस अघि न्यूजील्याण्डले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएको थियो । यो जितपछि न्यूजील्याण्डको समुह ए मा ४ खेलमा ६ अंक भएको छ र समुहमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको छ । समुह ए बाट अस्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।
योसँगै समुह ए बाट भारत, पाकिस्तान र श्रीलंका बाहिरिएका छन् । अब समुह बि बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो आज लाग्दै छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच