गुल्मी । गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले अपराध नियन्त्रणमा नागरिकको सहयोग अपरिहार्य रहेको बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीको आयोजनामा तम्घासमा भएको ६९ औं प्रहरी दिवसको अवसरमा उहाँले नागरिकस्तरबाट आउने हरेक सूचना प्रहरी संगठनलाई महत्वपूर्ण हुने बताउनुभएको हो ।
प्रमुख जिल्ला अधिकारी शर्माले नागरिकले आफ्नो क्षेत्रमा नयाँ शंकास्पद व्यक्ति तथा वस्तु देखेमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो । नागरिकबाट तत्काल प्रहरीसँग त्यस्ता सूचना आएमा त्यस स्थानमा आवश्यकता अनुसार प्रहरी टोली खटिनुका साथै समाजमा हुने अपराध नियन्त्रणमा सहयोग हुने बताउनुभयो ।
समाजमा हुने हरेक किसिमका अपराधलाई नियन्त्रण गर्न प्रहरीले समुदायसँग नजिक रहेर आफ्ना गतिविधिहरु सञ्चालन गरेको भन्दै अपराध नियन्त्रणसँगै घटना एवम् अपराधको अनुसन्धान गर्नका नागरिकले प्रहरीलाई सहयोग गर्न जरुरी रहेको बताउनुभयो । कानुनको उलङ्ग्घन गर्न प्रयास गर्ने त्यस्ता व्यक्ति प्रहरीसँग डराउन आवश्यक रहेको उहाँको भनाइ छ ।
शान्ति सुरक्षा, अपराध नियन्त्रण गर्ने प्रमुख जिम्मेवारीको अलवा नेपाल प्रहरी हरेक विपद व्यवस्थापनमा अग्रपङ्तिमा पुग्नुपर्ने छ । प्रहरीले विपद्, अपराध अनुसन्धान, सुरक्षा र नागरिकको सेवामा नजिकबाट काम गरेको भन्दै प्रमुख जिल्ला अधिकारी शर्माले सीमित स्रोत साधन र जनशक्तिका बीच पनि यसै वर्ष गुल्मीका दुई स्थानमा अस्थायी चौकी स्थापना गरिएको बताउनुभयो ।
त्यस अवसरमा गुल्मी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले समाजमा हुने हरेक किसिमका घटना तथा अपराधलाई नियन्त्रण गर्न नागरिकको महत्वपूर्ण सहयोेगको आवश्यकता पर्ने बताउनुभयो । नागरिक विना वर्दीको प्रहरी भएको भन्दै उहाँले अपराध नियन्त्रणमा नागरिकको सूचना महत्वपूर्ण रहने उहाँले बताउनुभयो ।
त्यस्तै, ब्याडमिण्टन र टेबल टेनिस प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण, अमर प्रहरी परिवार, ज्येष्ठ पूर्व प्रहरी कर्मचारी, समुदाय प्रहरी साझेदारी कार्यक्रम तथा विपद व्यवस्थापन लगायतका कार्यक्रममा उल्लेखनीय भूमिका निर्वाह गरेबापत विभिन्न संघसंस्था र रुरुक्षेत्र गाउँपालिका-१ का वडा अध्यक्ष नवराज विकलाई सम्मान गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) शङ्कर पोखरेलले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच