काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को तीन महिना अर्थात् असोजसम्ममा गत वर्षको सोही अवधिभन्दा चालु, पुँजीगत र वित्तीय व्यवस्थापन खर्च बढेको छ । चालु आर्थिक वर्षको असोजसम्म चालुतर्फ दुई खर्ब २९ अर्ब, पुँजीगततर्फ २९ अर्ब ३७ करोड र वित्तीय व्यवस्थापनतर्फ ६९ अर्ब ९७ करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
गत वर्ष चालुतर्फ दुई खर्ब १३ अर्ब, पुँजीगततर्फ १७ अर्ब ८३ करोड तथा वित्तीय व्यवस्थापनतर्फ ४९ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको थियो । चालु आर्थिक वर्षको तीन महिनामा गत वर्षभन्दा चालुतर्फ ७.५ प्रतिशत बढी, पुँजीगततर्फ ६४.७२ प्रतिशत बढी तथा वित्तीय व्यवस्थापनतर्फ ४१.७८ प्रतिशत बढी भएको हो ।
त्यस्तै सरकारले असोजसम्म दुई खर्ब ५३ अर्ब रुपैयाँ राजस्व संकलन र तीन खर्ब २९ अर्ब रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक वर्षको तीन महिनामा गत वर्षभन्दा ८.११ प्रतिशत बढी राजस्व संकलन भएकोमा गत वर्षको सोही अवधिभन्दा १७.५ प्रतिशत बढी खर्च भएको हो ।
राजस्वतर्फ कर र गैरकर संकलन १३ प्रतिशतले बढेको छ । तीन महिनामा समग्र राजस्व संकलन गत वर्षभन्दा ८.११ प्रतिशत बढी भएको छ । चालु आर्थिक वर्षमा दुई खर्ब ५३ अर्ब रुपैयाँ राजस्व संकलन हुँदा कर आम्दानीबाट दुई खर्ब १९ अर्ब, गैरकर आम्दानीबाट २८ अर्ब ५७ करोड तथा अन्य प्राप्तिबाट चार अर्ब ७५ करोड रुपैयाँ संकलन भएको छ । गत वर्ष असोजसम्ममा दुई खर्ब ३४ अर्ब रुपैयाँ संकलन हुँदा कर आम्दानीबाट एक खर्ब ९९ अर्ब, गैरकरबाट १९ अर्ब ६५ करोड तथा अन्य प्राप्तिबाट १५ अर्ब ४५ करोड रुपैयाँ संकलन भएको थियो ।
गत वर्ष १० खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको छ । लक्ष्यअनुसार राजस्व संकलन हुन गत वर्षभन्दा ३२ प्रतिशत बढी राजस्व संकलन हुनुपर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच