तिहारको लागि पाला बनाउन भ्याइनभ्याइ (तस्बिरहरु)

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

भक्तपुर । अघिपछि अल्लि फुर्सदमा हुने भक्तपुरका ‘कुम्हः’ अर्थात् कुमालेहरुलाई अहिले भ्याइनभ्याइ छ । पोटरी स्क्वायरको नामले चिनिने भक्तपुरको बोलाछें तालाक्व टोलका प्रजापति समुदायका उनीहरू आफ्नो पुर्खौली पेशाअन्तर्गत माटोका भाँडाकुँडाहरु बनाउँछन् उनीहरु धुपौरो, दियो, गाग्री, आरी, गमला, स्ट्रेलगायत सजावटका विभिन्न सामान बनाउँछन् । तर, अहिले भने उनीहरुलाई तिहारमा बत्ती बाल्न चाहिने पाला बनाउन भ्याइनभ्याइ छ ।

तिहारमा झिलिमिली बनाउने बिजुली बत्ती आए पनि पालाको प्रयोग घटेको छैन । पालामा तेल र बाती राखेर बाल्ने परम्परा घरघरमा अहिले पनि कायमै छ । वर्षेनी तिहार आएपछि पालाको माग धेरै नै हुने गरेकाे छ ।अहिले सामान्य पाला को मुल्य १२ वटाको ४० रुपैया अनि फुलफुल/बुट्टावाला पालाको १ वटाको २० रुपैयाँ मा बिक्री भईरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?