साउदी अरब । साउदी अरेबियाको मुख्य प्रशिक्षकबाट रोबर्टो मान्सिनीले राजीनामा दिनुभएको छ । इटालियन प्रशिक्षकले मान्सिनीले आपसी समझदारीमै बिहीबार क्लब छाड्नुभएको हो । ५९ वर्षीय प्रशिक्षक सन् २०२३ मा साउदी पुरुष फुटबलको मुख्य प्रशिक्षक बन्नुभएको थियो ।
तर, उहाँ १४ महिनामै बाहिरिनुभएको हो । साउदीले फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप छनोट खेलिरहेको छ । टोली समूह ‘सी’ मा तेस्रो स्थानमा छ । पछिल्लो नतिजा आशा लाग्दो नभएपछि मान्सिनीपछि हट्नुभएको हो । समूहमा जापानभन्दा साउदी पाँच अंकले पछि छ ।
साउदी, अष्ट्रेलिया र बहराइनको समान पाँच अंक छ । यसअघि घरमै जापानसँग २–० ले हार्दा अघिल्लो साता बहराइनसँग गोलरहित बराबरी खेलेको थियो । समूहबाट दुई टिम सिधै विश्वकप छनोटमा स्थान बनाउनेछन् । हरेक समूहका तेस्रो र चौथो टोलीले अर्को चरण पार गर्नुपर्ने हुन्छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच