काठमाडौं । कुनाल केयल नेपालका लागि जोर्डनको अवैतनिक दूत नियुक्त हुनुभएको छ । केयल समूहका निर्देशक कुनालले दुई देशको व्यापार र पर्यटन प्रवद्र्धन गर्न भूमिका खेल्ने बताउनुभएको छ । नियुक्तिसँगै उहाँले भन्नुभयो, ‘दुर्ई देशबीच पर्यटन, व्यापार प्रवद्र्धनसँगै जोर्डनमा पुगेका नेपालीलाई अप्ठ्यारो पर्दा सघाउने भूमिका खेल्नेछु । नेपाल भारत उद्योग वाणिज्य संघका कोषाध्यक्षसमेत रहनुभएका कुनाल सानिमा जिआइसी इन्स्योरेन्सका अध्यक्ष हुनुहुन्छ ।
नेपालमा ठूलो व्यावसायिक घरानाका रूपमा स्थापना केयल गु्रपको निर्माण सामग्री उत्पादन गर्ने नारायणी रोलिङ मिल, नारायणी स्पात, श्रीकृष्ण स्टिल, नारायणी स्टिल, एसिसी ब्लकलगायतका उद्योग रहेका छन् । त्यस्तै वीरगञ्जलाई आधार बनाएर नारायणी सेन्ट्रल हस्पिटल र सिमरामा होटल क्लासिक प्लाजा रहेका छन् । कुनालले सन् २००६ देखि सहायक अडिटरका रूपमा आफ्नो करिअर सुरु गर्नुभएको थियो । हिमालयन हृवाइटहाउस कलेजबाट बिबिए गर्नुभएका उहाँले सन् २००९ मा भारतबाट चार्टर्ड एकाउन्टेन्सीको कोर्ष पूरा गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच