काठमाडौं । छिमेकी राष्ट्र भारतको दार्जिलिङमा रहेको सावाली प्रकाशनले साहित्यकार सूर्यप्रसाद लाकोजूलाई भारत-नेपाल हस्ताक्षर सेतु सम्मानबाट सम्मानित गरेको छ । उहाँलाई कार्यक्रमका प्रमुख अतिथि दिलकुमारी भण्डारी तथा सावली प्रकाशनका अध्यक्ष सुभद्रा बमजनले संयुक्तरूपमा नगदसहित सम्मान अर्पण गर्नुभएको थियो ।
प्रमुख अतिथि भण्डारीले नेपाली भाषा सुन्दर रहेको र भारतमा अन्य भाषाले जस्तै नेपाली भाषाले सम्मान पाएको विचार व्यक्त गर्नुभयो । लाकोजूले साहित्य सिर्जना चेतनाको कर्म हो । यो अनुत्पादक क्षेत्र होइन भन्ने विचार राख्नुभयो । सावली प्रकाशनका अध्यक्ष सुभद्रा बम्जनले साहित्यले मनहरू जोड्ने काम गरेको विचार व्यक्त गर्नुभयो ।
लाकोजूले नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आउनुभएको छ । उहाँका करिब तीन दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् । त्यतिकै संख्यामा उहाँले साहित्यिक कृतिको सम्पादनसमेत गर्नुभएको छ । लेखन र साहित्यिक पत्रकारिताको माध्यमबाट नेपाली भाषामा पुर्याएको योगदानका लागि नगदसहित सो सम्मान प्रदान गरिएको हो ।
सोही अवसरमा सिमरन गुरुङलाई विनोद स्याङ्देन स्मृति हस्ताक्षर सम्मान अर्पण गरिएको थियो । सो कार्यक्रममा साहित्यकार सुभद्रा बमजनको ‘हस्ताक्षर’ नामक पुस्तक लोकार्पण पनि भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच