काठमाडौं । देशको पूर्वाधार निर्माणका लागि निर्माण सामग्री उत्पादन गर्दै आएको क्रसर बालुवा र खानी उद्योग व्यवसायीको छाता संगठन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको १०औँ र ११औँ वार्षिक साधारणसभा र तेस्रो महाधिवेशन कात्तिक ३० गते महोत्तरीको बर्दिबासमा आयोजना हुने भएको छ । साधारणसभा र महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको र महाधिवेशनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्नुहुने महासंघले जनाएको छ ।
महाधिवेशनमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समिति सभापति अब्दुल खान, मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह, प्रदेश सरकारका मन्त्रीहरूका साथै स्थानीय सरकारका प्रमुख र उपप्रमुखको पनि सहभागिता रहने महासंघका महासचिव पुरुषोत्तम रेग्मीले जानकारी दिनुभयो ।
महाधिवेशनमा देशभरिबाट सात सय ८० क्रसर बालुवा तथा खानी उद्योगका व्यवसायी प्रतिनिधि सहभागी हुने महासंघले जनाएको छ । तेस्रो महाधिवेशनले नेपाल क्रसर तथा खानी उद्योगको नयाँ नेतृत्व चयन गर्ने कार्य पनि गर्नेछ । तीन वर्षका लागि नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाइने महासंघका अध्यक्ष सिताराम न्यौपानेले बताउनुभयो । महासंघको स्थापना २०७० सालमा भएको थियो, जसको उद्देश्य देशभर छरिएर रहेका क्रसर बालुवा र खानी उद्योग व्यवसायीलाई एकताबद्ध गर्नु र व्यवसायीको हकहितका लागि पहल गर्नु रहेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच