
हुम्ला । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका–८ राहदेव गाउँका एक जना पुरुषको भीरबाट लडेर मृत्युभएको छ ।
राहदेव गाउँ नजिकको भरिकाङ कमन्द वनको विच भीरमा लेडर अन्दाजी ४९ वर्षिय घण्टपाल रोकायाको मृत्युभएको हो ।
सोमबार दिउँसो उक्त वनमा भेडा चराउन गएका रोकायाको दिउँसो एक बजेको समयमा भीरबाट लडेर मृत्यु भएको भाइ रेशमराज रोकायाले बताउनुभयो ।
मृतक रोकाया भेडाबाख्रा व्यवसाय गर्दै आएका थिए । दुई छोरा, दुई छोरी र श्रीमती रहेको जानकारी प्राप्त भएको छ ।
मृतक रोकायाका जेठो छोरा घरबाहिर भएकाले भोलि मात्रै हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिने भएको जानकारी प्राप्त भएको छ ।
हार्दिक श्रद्वाजली