काठमाडौं । युएईमा जारी आइसिसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ । कप्तान पूजा महतोको सानदार अलराउण्ड प्रदर्शनमा नेपालले फराकिलो जित हात पारेको हो ।
बलिङ र ब्याटिङ दुवैतर्फ कप्तान पूजा महतोले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली यू-१९ महिला क्रिकेट टिमले आइसिसी यू-१९ महिला ट्वान्टी-२० विश्वकपको एसिया छनोटमा कुवेतविरुद्ध १६५ रनको फराकिलो जित निकालेको हो । मंगलबार युएईको सेभेन डिस्ट्रिक मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले १३ ओभरमा सबै विकेट गुमाएर ४८ रनमात्रै बनाउन सक्यो ।
कुवेतकी जिफा जिलानीले ३२ रन बनाउनुभयो भने अन्य ब्याटरको प्रदर्शन उल्लेखनीय रहन सकेन । कुवेतलाई सस्तैमा समेट्न नेपालकी कप्तान पूजाले पाँच विकेट लिनुभयो । पूजाले आफ्नो स्पेनको तेस्रो ओभरमा चार विकेट लिनुभएको थियो । त्यसअघि पूजाको कीर्तिमानी शतकप्रेरित नेपालले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २१३ रनको योगफल खडा गरेको थियो । पूजाले ५७ बलमा १०० रन पूरा गर्नुभएको थियो । योसँगै पूजा नेपाली महिला क्रिकेटमा शतक बनाउने दोस्रो खेलाडी बन्नुभएको छ । गत फेब्रुअरीमा मलेसियामा भएको एसिसी प्रिमियर कपमा रुविना क्षेत्रीले माल्दिभ्सविरुद्ध पहिलो शतक बनाउनुभएको थियो ।
जारी प्रतियोगितामा भने कुनै पनि टिमका खेलाडीले बनाएको यो पहिलो शतक हो । नेपालको इनिङमा कप्तान पूजाले ६९ बलमा १७ चौकासहित १३० रन बनाउनुभएको थियो । यस्तै, सोनु पाख्रिनले ३३ बलमा दुई चौकासहित ४३ रन जोड्नुभएको थियो । कुवेतकी जिफा जिलानी र राइलिन मारिया डी सुजाले समान एक-एक विकेट लिनुभयो ।
जितसँगै पाँच खेलबाट आठ अंक जोडेको नेपाल अंकतालिकाको दोस्रो स्थानमा छ । चार खेलबाट आठ अंक जोडेको युनाइटेड अरब इमिरेट्स (युएई) तालिकाको शीर्ष स्थानमा छ । प्रतियोगिताका पाँच खेलमै हार बेहोरेको कुवेत भने तालिकाको पुछारमा छ । प्रतियोगितामा पाँचमध्ये चार खेल जितेको नेपाल यसअघि युएईसँग मात्रै पराजित भएको थियो । अब युएईसँग बुधबार अन्तिम खेल खेल्नेछ । चार टोली सहभागी छनोट प्रतियोगितामा डबल राउण्ड रोविनका आधारमा खेल भइरहेको छ र शीर्ष स्थानमा रहने टोलीमात्र यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ । एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहने टोलीले अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेको समूह ‘डी’मा स्थान बनाउनेछ । यू–१९ विश्वकप जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच