
काठमाडौं । लुम्बिनी लायन्स क्लबले नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ । आनी छोइङ डोल्मा, क्लबका ब्राण्ड एम्बेसडर राजेश हमाल र रोहित पौडेलले शनिबार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गरेका हुन् । लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने र स्थानीय संस्कृति झल्कने गरी जर्सीको डिजाइन गरिएको छ । गाढा नीलो रंगको जर्सीमा सुनौलो रंगको किनारा रहेको छ भने बायाँ भागमा आक्रामक अवतारको सिंहको टाउको प्रतीक रहेको छ ।
भगवान् बुद्धको जन्मस्थानका रूपमा सुपरिचित लुम्बिनी नेपालको एक पवित्र बौद्ध तीर्थस्थल हुनुका साथै विश्व सम्पदास्थल पनि हो । विश्वका प्रमुख पवित्र धार्मिकस्थलमध्ये लुम्बिनी एक हो, जसको भ्रमण गर्न बुद्धले आफ्ना अनुयायीहरूलाई सल्लाह दिनुभएको थियो । जर्सी अनावरण कार्यक्रममा आनी छोइङ डोल्माले भन्नुभयो, ‘आज हामो लुम्बिनी लायन्सको जर्सी औपचारिकरूपमा लोकार्पण भएको छ, यसमा मलाई एकदमै खुसी लागेको छ । जसरी संसारभरका सबै मानिसको मनमस्तिष्कमा शान्ति फैलाउन भगवान् बुद्धको भूमिका रहेको छ, त्यसैगरी लुम्बिनी लायन्सले पनि सबैजनाको मन मस्तिष्कमा विजय र गौरवको भावना महसुस गराउन सकोस् भन्ने कामना गर्दछु ।’
त्यस्तै लुम्बिनी लायन्स क्लबका ब्राण्ड एम्बेसडर राजेश हमालले भन्नुभयो, ‘क्रिकेटले नेपाली मन जोड्ने पुलका रूपमा काम गरेको छ ।
हरेक वर्ग, उमेर र आस्थाका मानिसलाई क्रिकेटले एकै ठाउँ ल्याएको छ । लगाव, समूहमा मिलेर काम गर्ने क्षमता र दृढ अठोट, यी कुराहरूले हरेक क्रिकेट खेलाडी र क्रिकेटप्रेमी एकताबद्ध गर्दछन् र मलाई व्यक्तिगतरूपमा पनि यी गुण अति आवश्यक लाग्छन् । आज यस लुम्बिनी लायन्सको जर्सी सार्वजनिक गर्दै गर्दा मलाई यस्तो लागेको छ कि यो जर्सी क्लबको पहिचानमात्र नभएर हाम्रा क्रिकेटरको कडा परिश्रम, लगनशीलता र क्रिकेटप्रेमीको अटुट साथको प्रतिबिम्ब पनि हो । लुम्बिनी लायन्स क्लबमार्फत् नेपाल प्रिमियर लिग एवं समस्त नेपाली क्रिकेटसँग जोडिएर युवा क्रिकेटरको प्रतिभालाई नजिकबाट नियाल्न पाउँदा म अत्यन्तै उत्साहित छु ।’
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले भन्नुभयो, ‘आज हामीले लुम्बिनी लायन्सको जर्सी लुम्बिनीबाटै सगौरव सार्वजनिक गरेको छौँ । सम्पूर्ण लुम्बिनीबासीको भावना र लुम्बिनीको ऐतिहासिक तथा सांस्कृतिक महत्व समेट्ने गरी हामीले यो जर्सीको डिजाइन गरेका छाँै । नीलो रंगले सम्पूर्ण नेपालको शान्ति र समृद्घिको भावना बोकेको छ भने सुनौलो रंगले लुम्बिनीभित्र रहेको अखण्ड दीपको प्रतिनिधित्व गर्छ । साथै सिंहको रंग पनि सुनौलो नै हुने भएकाले सुनमा सुगन्ध छाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच