काठमाडाैं । मध्य बेरुतमा सिरियाको बाथ पार्टीको कार्यालयलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा हिजबुल्लाह मिडिया प्रमुख मोहम्मद अफिफ र अन्य तीन जनाको मृत्यु भएको स्थानीय टिभी च्यानल अल-जादेदले जनाएको छ ।
अल-जादेदकाअनुसार इजरायली लडाकु विमानहरूले रस अल-नाबा क्षेत्र र सोडेको स्क्वायर व्यापारिक केन्द्रको बीचमा रहेको कार्यालयमा दुईवटा क्षेप्यास्त्रले आक्रमण गरेको थियो । हवाई आक्रमणमा अधिकांश भवन ध्वस्त भएका छन् । एम्बुलेन्सहरू भग्नावशेष हटाउन र पीडितहरूको खोजी गर्न क्षेत्रमा पुगेका थिए ।
सेप्टेम्बर २३ देखि, इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्व बढ्दै गएपछि आफ्नो हवाई आक्रमणलाई बढाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयकाअनुसार अक्टोबर ८, २०२३ मा युद्ध शुरु भएदेखि लेबनानमा इजरायली हवाई हमलाबाट मृत्यु हुनेको संख्या ३ हजार ४५२ पुगेको छ । १४ हजार ६६४ घाइते भएका छन् ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच