काठमाडौं । कम्बोडियामा आयोजना हुने ‘मिस प्लानेट २०२४’मा नेपालको प्रतिनिधित्व गर्न अनिसा पराजुली कम्बोडिया प्रस्थान गर्नुभएको छ । नोभेम्बर २७ सम्म आयोजना हुने प्रतियोगीका लागि उहाँ सोमबार साझा त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
प्रतियोगितामा ‘नेसनल कष्ट्युम’ उहाँले बुद्धको थिममा बनाउनुभएको छ । नेपालको नाम विश्वमा चिनाउने अवसर पाएकीले त्यसको सक्ने प्रयास गर्ने उहाँको भनाइ थियो । ‘मिस प्लानेट’मा यो वर्ष थिम ‘दिगो विकास सँंगसगै मेन्टल हेल्थ अवरनेस’ छ ।
उहाँ नेपालको प्रतिनिधित्व गर्न नेक्स्ट मोडल्स नेपालमार्फत कम्बोडिया जानुभएको हो । वीर नर्सिङ क्याम्पसमा माष्टर अध्ययनरत अनिसा पेशाले मनोचिकित्सक नर्स हुनुहुन्छ ।
अनिसा केहीअगाडि काठमाडौंमा सम्पन्न नर्सहरू सहभागी सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’को फष्टरनर पप विजेतासमेत हुनुहुन्छ । ‘मिस नेपाल पिस’मा विजेता बनेका कारण नै उहाँले ‘मिस प्लानेट २०२४’ मा सहभागी अवसर प्राप्त गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच