
विजय नेपाल/हिटा
सिन्धुपाल्चोक । राजधानीबाट नजिकको पर्यटकीय आकर्षणको गन्तव्य सिन्धुपाल्चोकको सुकुटेमा हुने राष्ट्रिय बिच भलिबलका लागि त्रिपक्षीय सम्झौता भएको छ । प्रतियोगिताको जिल्ला भलिबल संघ सिन्धुपाल्चोकले आयोजना, नेपाल भलिबल संघको संयोजन र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले व्यवस्थापन गर्ने गरी सम्झौता भएको हो ।
आगामी माघ १ गतेदेखि ५ गतेसम्म सुकुटेमा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका सातवटै प्रदेशका एक÷एक वटा टिम र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागीय टिम सहभागी हुने सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापाले बताउनुभयो । नेपाल भलिबल संघको नियमित कार्यक्रमअन्तर्गत सातौँ महिला तथा आठौँ पुरुष बिच भलिबल प्रतियोगिता हुन लागेको हो ।
नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा पत्रकार सम्मेलन गर्दै उक्त त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । नदी किनार (बिच) पर्यटनका लागि चर्चित पर्यटकीय नगरी सुकुटेलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको समेत रोजाइको केन्द्र बनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापाले बताउनुभयो । प्रतियोगिताले खेल पर्यटनमार्फत् सुकुटेको थप पहिचान र प्रचारप्रसारका लागि टेवा पुग्ने थापाले विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमले क्रमशः ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाउनेछन् भने विजेता र उपविजेता टोलीका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको राष्ट्रिय टिमका तर्फबाट खेल्न पाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच