काठमाडौं । एसिसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले सान्त्वना जित दर्ता गरेको छ । अन्तिम खेलमा मंगलबार नेपालले अफगानिस्तानलाई एक विकेटले पराजित गरेको हो । १२४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नरेन साउदले सर्वाधिक २६, हेमन्त धामीले २२ र अर्जुन कुमालले २१ रनको पारी खेल्नुभयो भने कप्तान धामीले अविजित रहँदै नेपाललाई जितसम्म डोहोर्याउनुभयो ।
बलिङमा अफगानिस्तानका अल्लाह गजन्फर र खातिर स्टानिकजाईले तीन-तीन विकेट लिनुभयो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ३५ ओभर चार बलमा १२३ रनमा समेटिएको थियो । अफगानिस्तानका फैखल खानले ५२ रन जोड्दा अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् । बलिङमा नेपालका युनिस ठकुरी र सन्तोष यादवले तीन-तीन, अभिषेक तिवारी र कप्तान हेमन्त धामीले दुई-दुई विकेट लिनुभएको थियो ।
यो जितसँगै एसिया कपमा नेपालले सुखद अन्त्य गरेको छ । नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । मंगलबारको नतिजासँगै अफगानिस्तानले भने जितविहीन रहँदै प्रतियोगिता टुंग्याएको छ । नेपाल रहेको समूहबाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच