
स्पेन । स्पेनिस ला लिगामा केलियन एमबाप्पेले पेनाल्टी चुकाउँदा रियल मड्रिड पराजित भएको हो । बुधबार राती सम्पन्न खेलमा रियल एथ्लेटिको क्लबसँग २-१ ले पराजित भएको हो । तीनै गोल दोस्रो हाफमा भएका थिए । घरेलु टोली एथ्लेटिकोको जितमा एलेक्स बेरेन्गुए र गोर्का गुरुजेताले गोल गर्नुभयो । रियलका लागि जुड बेलिंघमले एक गोल फर्काउनुभयो । खेलको ६८औँ मिनेटमा एमबाप्पेको पेनाल्टी एथ्लेटिकोको गोलकिपर जुलेनले रोक्नुभएको थियो । एमबाप्पे युरोपेली च्याम्पियन्स लिगमा पनि लिभरपुलविरुद्ध पेनाल्टीमा गोल गर्न असफल हुनुभएको थियो ।
हारपछि रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी घटाउने अवसर चुकाएको छ । रियलको १५ खेलबाट ३३ अंक छ । बार्सिलोना ३७ अंकसहित शीर्ष स्थानमा यथावत् छ । एथ्लेटिको २९ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।
एलेजान्ड्रो बेरेनगरले बिलबाओलाई सुरुवाती अग्रता दिलाएयता एम्बाप्पे पेनाल्टीमा असफल रहनुभयो । त्यसपछि रियलका लागि जुड बेलिङघमले गोल गर्नुभयो । बिलबाओका लागि सब्टिच्युट खेलाडी गोर्का गुरुजेटाले ८०औँ मिनेटमा विजयी गोल गर्नुभएको थियो ।
हार र पेनाल्टीको असफलतापछि एम्बाप्पेमाथि थप दबाब सिर्जना भएको छ । रियल म्याड्रिड प्रशिक्षक कार्लो एन्सेलोटीले स्टार खेलाडी कलियन एमबाप्पे एक अर्को पेनाल्टीमा चुकेकोमा निराश रहेको बताउनुभयो । ‘एमबाप्पे स्वाभाविकरूपमा दुःखी र निराश छन् । तर, उनले आफ्नो खेलमा सुधार गर्नुबाहेक अर्को विकल्प छैन्,’ उहाँले भन्नुभयो ।
रियल आएयता सबै खाले प्रतियोगितामा सुरुवाती २० खेलमा १० गोल गर्नुभएका एमबाप्पे त्यसपछि भने लयमा फर्कन संघर्षरत हुनुहुन्छ । एन्सलोटीले भन्नुभएको छ, ‘उनी अहिले आफ्नो स्वाभाविक लयमा छैनन् । तर, उनी उत्कृष्ट प्रदर्शन गर्न सक्षम खेलाडी हुन् ।’ एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच