सहज बन्दै दाँतको उपचार पद्धति

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । के तपाईं दाँतको समस्याबाट दुःखी हुनुहुन्छ ? दाँत दुखाइको समस्या हिजोआज अधिकांश मानिसमा देखिने गरेको छ । दाँतको उपचार काठमाडौं उपत्यकामा सहज छ भने काठमाडौंबाहिर पनि सहज बन्दै गएको छ । दाँत बाँगोटिंगो हुने क्रम हाल बालबालिकामा अधिक रूपमा बढ्दो छ । दाँतको आफ्नो भागमा नअटाएर बाहिर वा भित्र उछिट्टिएको हुन्छ । कतिपय मानिसमा उम्रँदै दाँत बाँगोटिंगो हुने समस्या अधिक हुन्छ ।

बालबालिकालाई चिनीजन्य गुलियो खानेकुरा दिइन्छ, जसकारण उम्रिँदै दाँतमा कीरा लाग्ले र दाँत दुख्ने समस्या हुन्छ । जसले गर्दा दाँत बिग्रन पनि सक्छ । बच्चामा औँला चुसिरहने बानी, मुख खोलेर सुत्ने बानी हुन्छ, नङ टोक्ने बानी, जिब्रो बाहिर–भित्र गर्ने क्रियाकलापले गर्दा दाँत बांगोटिंगो हुने र बाहिर निस्कने हुन्छ ।

दाँतमा अर्थोडोण्टिकको समस्या हुन सक्छ । बच्चाको हड्डीको विकास हुँदा दाँत उम्रिँदा बाँगोटिंगो हुन सक्छ । समयमै सही उपचार गर्न सक्यो भने पनि हड्डी बढ्ने बेला समस्या नआउन सक्छ । १३ वर्षदेखि-१५ वर्षको उमेरभित्र उपचार गर्नु उपयुक्त हुन्छ ।

उपचार
दाँतमा तार बाँध्ने विधिमार्फत उपचार गर्न सकिन्छ । यसलाई फिक्स अर्थोडोन्टिस भनिन्छ । नयाँ प्रविधिको उपचार पनि आएको छ । जुन तार बाँध्न नपर्ने हुन्छ, यसलाई एलाइनर भनिन्छ । यो चाहिएको बेलामा आफैँ निकाल्न पनि सकिन्छ । अन्य विभिन्न पद्धति छन् ।

एलाइनर विधिबाट उपचार गर्दा खानेकुरा अड्किने डर हुँदैन, बाहिर देखिँदैन । सुरुकोे अवस्थाको दाँत हेरेर नै उपचारपछि कस्तो हुन्छ भनेर थाहा पाउन सकिन्छ । त्यसैले एलाइनर उपचार पद्धति प्रभावकारी मानिन्छ । सम्बन्धित विशेषज्ञसँग मात्रै अर्थोडोण्टिक उपचार गराउनुपर्छ । दाँतको अवस्थाको परीक्षण गरेर एक्सरे, दाँतको नाप, मुखबाहिर र भित्रका तस्वीर लिएर दाँतको जटिलताका आधारमा उपचार सुरु गरिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?