काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले विगत सात वर्षदेखि अत्याधुनिक प्रविधिबाट सबै किसिमको न्युरो सर्जरीसम्बन्धी रोगको उपचार गर्दै आएको छ । जसमा ब्रेन स्ट्रोक, ट्युमरदेखि मेरुदण्डको सर्जरीसम्म रहेका छन् । हालसम्म अस्पतालले दुई हजारभन्दा बढी ब्रेन सर्जरी गरिसकेको जनाएको छ । जसमध्ये ब्रेन ट्युमर, आकस्मिक ब्रेन सर्जरी, कुनै पनि किसिमको स्ट्रोक, मेरुदण्डको ट्युमर, मेरुदण्डको नशा च्यापिएको तथा मेरुदण्ड मिलाउनुपर्ने शल्यक्रिया रहेका छन् ।
उपचारका लागि न्युरो सर्जन, न्युरो इन्टर्रभेन्सनिस्ट, न्युरोलोजिस्ट, इमर्जेन्सी, न्युरो रेडियोलोजिस्ट, न्युरो क्रिटिकल केयर, न्युरो एनेस्थेटिस्ट तथा न्युरो रिहाबिलिटेसनको समूह २४सै घण्टा तैनाथ रहेको अस्पतालले जनाएको छ । अस्पतालको न्युरो सर्जरीको विशेषता भनेको बिरामीले कुन विधिबाट शल्यक्रिया गर्ने भनेर आफैं छनोट गर्न पाउँछन् । अस्पतालमा ओपन सर्जरी अर्थात् चिरफार गरेर गरिने शल्यक्रिया र नन् इन्भेसिभ सर्जरी अर्थात् सानो प्वाल बनाई गरिने शल्यक्रियाको सुविधा रहेको छ ।
नन् इन्भेसिभ सर्जरी गर्न नेपालकै पहिलो महिला न्युरो इन्टरभेन्सनल न्युरोसर्जन डा. प्रसन्ना कार्की कार्यरत हुनुहुन्छ । पछिल्लो विकासक्रमअनुसार अस्पतालले शल्यक्रिया गर्दा धेरै नचिरी वा ब्रेन नखोली दूरबिन सहायताबाट गरिने शल्यक्रिया, नन् इन्भेसिभ सर्जरी सुविधा पनि प्रदान गर्दै आएको छ । यसरी सर्जरी गर्दा बिरामी छिटो निको हुने र अस्पताल बसाइ पनि कम हुने बताइएको छ । गत वर्षदेखि सुरु गरिएको नन् इन्भेसिभ सर्जरीबाट न्युरो भास्कुलर समस्या भएका एक सय ५० भन्दा बढी बिरामीको शल्यक्रिया गरिएको छ । सो विधि वा न्युरो इन्टरभेन्सन प्रोसिड्युरमा थ्रोमबेक्टोमी, एन्युरिजम कोइलिङ, ट्युमर इम्बोलाइजेसन, फ्लो डाइभरटर र स्टेन्टिङ पर्छन् ।
इन्टरभेन्सन प्रोसिड्युरबाट गरिने शल्यक्रिया सफल हुनु आफैंमा सन्तोषजनक नतिजा रहेको न्युरो सर्जरी विभाग प्रमुख प्राडा गोपाल रमण शर्मा बताउनुहुन्छ । २८ वर्षभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय न्युरो सर्जरीको अनुभवी शर्माले हालसम्म २० हजारभन्दा बढी शल्यक्रिया गरिसक्नुभएको अस्पतालले जनाएको छ । प्राडा शर्माका अनुसार अस्पतालमा उपलब्ध अत्याधुनिक प्रविधि, शल्यक्रिया कक्ष तथा विशेषज्ञ चिकित्सकका कारण जटिल केसको पनि सफल शल्यक्रिया सम्भव भएको हो । न्युरो साइन्स विभागमा न्युरोलोजी, न्युरोसर्जरी, न्युरो रेडियोलोजी, इएनटी, न्युरो ओप्थाल्मोलोजी, न्युरो अंकोलोजी, न्युरो ट्रमा, न्युरो प्याथोलोजी, न्युरो क्रिटिकल आइसियु, न्युरो एनेस्थेसिया र न्युरो रिहाबिलिटेसनको सेवा रहेकै कारण सफल शल्यक्रिया सम्भव भएको उहाँको भनाइ छ । अस्पतालको मृत्युदर ब्रेन ट्युमर सर्जरीमा एक प्रतिशतभन्दा कम, एन्युरिजम न्युरोभास्कुलर सर्जरीमा १० प्रतिशत र गम्भीर हेड इन्ज्युरीमा २० प्रतिशतभन्दा कम रहेको बताइएको छ ।
न्युरोलोजी विभाग प्रमुख डा. बाबुराम पोखरेलका अनुसार विश्वभर ब्रेन स्ट्रोकको संख्या बढ्दै गएको छ । विभिन्न अध्ययनअनुसार एक करोड ५० लाख मानिसलाई स्ट्रोक हुन्छ भने ५० लाखको ट्रोकका उपचारकै क्रममा मृत्यु हुने गरेको छ । स्ट्रोककै कारण ५० लाखमा अपांगता हुन्छ भने ५० लाख मानिसले मात्रै उपचारपछि गुणस्तरीय जीवन बाँच्न पाउँछन् ।
हृदयाघातपछि रोगका कारण मृत्यु हुनेमा दोस्रो स्थानमा स्ट्रोक रहेको छ । सोही कारण मेडिसिटीले ‘कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर’ सञ्चालनमा ल्याउने भएको छ । सेन्टरमार्फत् बिरामीलाई बे्रन स्ट्रोक भएको चारदेखि पाँच घण्टामै अस्पताल आइपुगे तत्काल सेवा प्रदान गरिने अस्पतालले जनाएको छ ।
डा. कार्कीका अनुसार ब्रेन स्ट्रोक हुनेबित्तिकै अस्पतालमा आइपुगे उपचार सम्भव छ । बिरामी चारदेखि पाँच घण्टामा अस्पताल आइपुगे रगत पातलो बनाउने औषधि राख्न मिल्छ भने १८ घण्टासम्ममा शल्यक्रिया गर्न सकिन्छ । तर, १८ घण्टाभन्दा ढिला भए शल्यक्रिया सम्भव हुँदैन भने बिरामीमा प्यारालाइसिस हुन्छ । स्ट्रोक हुँदा हरेक एक मिनेटमा १९ लाख नशा मर्दै जान्छन् । उपचारमा जति ढिला हुन्छ, त्यति नै छिटो नशा मरेर प्यारालाइसिस भई अपांगताको जोखिम रहन्छ ।
समयमै अस्पताल पुगे आजीवन प्यारालाइसिस हुनबाट बचिन्छ । त्यस्तै, अस्पतालमा न्युरो सर्जरी वा स्ट्रोकपछि बिरामीलाई फिजिकल रिहाबिलिटेसन पनि गरिन्छ । फिजिकल रिहाबिलिटेसन विभाग प्रमुख डा. मञ्जु ज्ञवालीका अनुसार एक वर्षमा आठदेखि नौ हजार न्युरोका बिरामीलाई थेरापी सेवा पुर्याउँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच