काठमाडौं । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । यसअघि आइतबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अधिकारीमाथि मुद्दा नचल्ने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको निर्णय बदरको माग गर्दै पुनः अनुसन्धान गरी मुद्दा दायर गर्ने निर्देशन माग गर्दै सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो । तर, अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले उक्त रिट दरपीठ गरिदिनु भएको थियो ।
रिट दरपीठ गरिदिएपछि अधिवक्ता त्रिपाठीले बिहीबार पुनः दायर गरेको रिट सर्वोच्चले दर्ता गरेको हो । निवेदनको सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ । मानव तस्करको आरोपमा गत कात्तिक २५ गते अधिकारी पक्राउ पर्नुभएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेपछि उहाँ ११ मंसिरमा हिरासतमुक्त हुनुभएको थियो । जापान भ्रमणमा जाने क्रममा मानव तस्करी गरेको आरोप अधिकारीमाथि छ ।
नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई रकम बुझाएर जापान पुगेका तीन युवालाई जापानको अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर प्रहरीले अनुसन्धानको दायरामा ल्याएको थियो । नक्कली कागजात बनाएर जापान पुगेका रसुवाका कञ्चन देवकोटा, खोटाङका दावा शेर्पा र जनक राईलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तत्कालीन मन्त्री अधिकारी आर्ट्स काउन्सिल टोकियोले अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मका लागि आयोजना गरिएको ‘कल्चर एट होट’ कार्यक्रममा भाग लिन भनेर जापान जानुभएको थियो ।
अधिकारीले भने तीनजनालाई आफूले हङकङमा भेटेको र फिर्ता ल्याएर नेपाल प्रहरीको जिम्मा लगाएको बताउँदै आउनुभएको छ । तीन जनामध्ये शेर्पासँग खोटाङको ऐँसेलुखर्क-२ को वडा सदस्यको नक्कली परिचयपत्र थियो भने देवकोटा र राईले कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कर्मचारीको परिचयपत्र बोकेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच