
रौतहट । गढीमाई मेलाको अवसरमा रौतहटका अधिकांश पालिकाले सार्वजनिक विदाको घोषणा गरेका छन् ।
रौतहटको कटहरिया नगरपालिकाले मंसिर २६ गतेसम्म स्थानीय सार्वजनिक विदा दिएको छ । कटहरिया नगरपालिका ६ दुधियाभार बजारमा गढीमाई मेला लागेको अवसरमा २६ गतेसम्म मातहतका सबै सरकारी कार्यालय र विद्यालयमा पनि विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले जानकारी गराएका छन् ।
शुक्रबार २१ गते विवाह पञ्चमीको दिन मधेश प्रदेश सरकारले सार्वजनिक विदा दिइसकेको छ । २२ गते शनिवार साप्ताहिक विदा परेको छ । २३ गते आइतवारका दिन मधेश प्रदेश सरकारले गढीमाई पूजाको सार्वजनिक विदा घोषणा गरिसकेको छ । जिल्लाको अधिकांश पालिकाले २४ गते सोमवारको दिन सार्वजनिक विदा दिएका छन् ।
गढीमाई मेलाको क्रममा २३ गते राँगा बलि तथा २४ र २५ गते बोका तथा परेवा बलि दिइने मेला समितिहरुले तालिका सार्वजनिक गरिसकेका छन् ।
रौतहटको गढीमाई नगरपालिकाको सुन्दरपुर, हरैया र धर्मपुर गरी ३ ठाउँमा, गरुडा नगरपालिकाको गेडहीगुठी र गढीटोल गरी ४ ठाउँमा, गुजरा नगरपालिकाको कनकपुरमा गरी २ ठाउँमा, कटहरिया नगरपालिकाको दुधियाभार बजार र बलिरामपुरमा गरी २ ठाउँमा, माधव नारायण नपाको माधोपुर, फतुवा विजयपुर नपाको बैरगनिया, दुर्गा भगवती गापाको करबोल, वृन्दावन नपाको धनगढीमा गढीमाई मेला लागेको छ ।
रौतहटमा १५ स्थान, सर्लाहीमा ४ स्थान र बारामा ३ स्थानमा एकै तिथिमितिमा गढीमाई मेला लागेको छ । विश्वप्रसिद्ध गढीमाई मेला बाराको महागढीमाई नगरपालिका १ बरियारपुरस्थित गढीमाई मन्दिरमा लाग्ने गरेको छ भने दोस्रो ठुलो गढीमाई मेला रौतहटको गढीमाई नगरपालिका ४ सुन्दरपुरमा लागेको छ ।
गढीमाई मेलाको कारण समाजको सबै क्षेत्र प्रभावित बनेको छ । मेला लाग्ने र नलाग्ने करिब सबै पालिकाले बोका बलि दिइने २४ गते सोमवारका दिनसम्म सार्वजनिक विदा दिएका छन् । रौतहटमा गढीमाई मेला एउटा बृहद् संस्कृतिको रुपमा विस्तार भएको देखिएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच