काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ।
एमालेको आज बसेको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमण फलदायी भएको निष्कर्ष निकालेको हो।
केन्द्रीय सचिवालयको बैठकमा उपनिर्वाचनबारे पनि छलफल भएको थियो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले विगतमा एमालेले जितेका ६ वडा रिक्त भएकोमा यस पटक एक गाउँपालिका अध्यक्ष र २ उपाध्यक्ष समेत थपिएकोलाई सन्तोषजनक रहेको बताउनु भयो ।
उपनिर्वाचन भएका ४२ मध्ये आफ्नो पार्टीबाट जितेका ७ वडा सबै फिर्ता नगरेपनि अध्यक्ष र उपाध्यक्षसहित ८ पदमा जित निकालेकोमा उपलब्धिका रूपमा लिएको बैठकपछि उपमहासचिव ज्ञवालीले बताउनु भयो ।
तर काठमाडौं- १६ र कीर्तिपुरको नतिजालाई गम्भीरतापूर्वक लिएको भन्दै ज्ञवालीले शहरी क्षेत्रमा अपेक्षाकृत परिणाम नआएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच