काठमाडौं । आयोजक जेवी स्कुल र पारामाउन्टले प्रथम जेवी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार विजयी सुरुवात गरेका छन् । बुढानीलकण्ठ ६, च्यासिन्डोलस्थित घरेलु कोर्टमा जेवीले न्युटनलाई २४-१८ ले पराजित गर्यो । जेवीको जितमा भुवन चौलागाईंले चार अंक योगदान गर्नुभयोे । सुदिप घलेको १३ अंक सहयोगमा पारामाउन्टले नाम्सलाई ४४-१२ ले सहजै हरायो ।
जुनियर ब्वाइजमै हिमरश्मीले ओडिसीलाई ३१-१६ ले पाखा लगायो । हिमरश्मीका आयुश पोखरेलले आठ स्कोर गर्नुभयो । सिनियर गल्र्समा लालीगुराँस नेसनल एकेडेमी, एन्जल्स हार्ट र न्युटनले सफलता पाए । लालीगुराँसले जेवीलाई २६-१८, एन्जल्स हार्टले स्किब्सलाई १७-१५ र न्युटनले बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई २६-२१ ले पन्छाए । लालीगुराँसकी सिमरन महर्जनले सात, एन्जल्स हार्टकी सुप्रिया पुनले १० र न्युटनकी इरेना राणाले आठ अंक जोड्नुभयो ।
प्रतियोगिताको पूर्वमन्त्री रेशम लामाले एक कार्यक्रमबीच निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गर्नुभयो । प्रतियोगितामा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२-१२ गरी २४ टिम सहभागी छन् । लिग कम नकआउट पद्धतिमा भइरहेको प्रतियोगिताको फाइनल पुस २ गते हुने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच