काठमाडौं । नेपालको केबल, तार तथा कन्डक्टर उत्पादक लिटमस इण्डस्ट्रीजले नेपालमै पहिलोपटक मिडियम भोल्टेज एक्सएलपिई कभर्ड कन्डक्टर उत्पादन गरेर ऐतिहासिक उपलब्धि हासिल गरेको छ । २० हजार किलोमिटर वार्षिक उत्पादन क्षमता भएको उक्त प्रविधिले अब आयातमा निर्भरता कम गर्दै ऊर्जा आत्मनिर्भरता प्रवद्र्धन गर्ने र उच्च कार्यक्षमताका भरपर्दा पावर ट्रान्समिसन संरचनाको माग सम्बोधन गर्ने लक्ष्य राखेको छ ।
कम्पनीका अनुसार उच्च गुणस्तर र टिकाउपनाका सर्वोच्च मापदण्ड पूरा गर्न डिजाइन गरिएका यी कन्डक्टर इएन ५०३९७ र आइएस ३९८ भिआईअन्तर्गत प्रमाणित छन् । एडभान्स्ड जर्मन प्रविधिमा आधारित निर्माण प्रक्रियामा उत्कृष्ट इन्सुलेसनका लागि ट्रिपल-लेयर एक्स्टुसन, उच्च गुणस्तरको क्रस-लिंकिङका लागि डिप-वाटर क्युरिङ र स्पार्क परीक्षण तथा एन्टी-ट्र्याकिङ परीक्षणजस्ता उत्कृष्ट गुणस्तर परीक्षण समावेश छन् । जसले यी कन्डक्टरलाई नेपालको विविध र चुनौतीपूर्ण भूभागमा पनि प्रभावकारी प्रदर्शन र दीर्घकालीन संरचना सुनिश्चित गर्न पनि सक्षम बनाउने कम्पनीको दाबी छ ।
११ केभीदेखि ३३ केभीका यी कन्डक्टर विशेषगरी जंगल क्षेत्रमा आगलागी जोखिम घटाउने उद्देश्यले निर्माण गरिएका छन् । वातावरणीय अनुकूलताका लागि तयार पारिएका कन्डक्टरहरू टिकाउ र भरपर्दा छन्, जसले मर्मत खर्च घटाउनुका साथै निरन्तर ऊर्जा आपूर्ति सुनिश्चित गर्ने बताइएको छ । लिटमस इण्डस्ट्रीजले घरायसी तार, औद्योगिक केबल र वातावरणमैत्री हेलोजनरहित इकोवायरलगायत विभिन्न उच्च गुणस्तरीय उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच