साहित्यले जीवनको यथार्थलाई बाहिर ल्याउन सक्नुपर्दछ । लेखकले भोगेको जीवनको अनुभवभन्दा पनि जगत्को यथार्थलाई साहित्यले बाििहर ल्याउनु अनिवार्य मानिएको हुन्छ । त्यसैले भनिएको छ जहाँ रवि पुग्दैन त्यहाँ कवि पुगेको हुनुपर्दछ । लेखकले भोगेको सत्यलाई साहित्यले बाहिर ल्याउनुपर्दछ । साहित्यको पहिचान लेखकले लेखेका आख्यानमा पात्रले भोगेका चरित्रको पहिचान हो साहित्य । साहित्यकार जब पोखिन्छ मनले पोखएको हुन्छ । मनले पोखिँदा उसले लेखेका कृति र कृतिका पात्रहरू पनि सजीव भएर आएका हुन्छन् ।
दैलेखमा जन्मेका ओम रिजाल आज नेपाल सरकारका उपसचिव छन् । गाउँमा जन्मेर सरकारी सेवामा प्रवेश गरेका रिजालले (२०७८) सालमा हटारु उपन्यास लेखेर आफूलाई साहित्यका क्षेत्रमा उतारेका हुन् । उनको हटारुले तेस्रो संस्करणमा आफूलाई उतारेको छ । लोक साहित्य र लोक परम्पराको अध्ययनमा संलग्न उनी दैलेखी जीवनको यथार्थलाई हटारुका माध्यमबाट बाहिर ल्याउन सफल भएका छन् । हटारु उनको औपन्यासिक कृति हो जसले दैलेखका नारीले भोगेको जीवनकथालाई सरक्क उतारेर बाहिर ल्याएको छ । नारीमात्र होइन पुरुषको जीवनको हठपन पनि बाहिर आएको छ उपन्यासका माध्यमबाट ।
कति मीठो अभिव्यक्ति यो । एउटी नारीले भोगेको सत्य कति मिठासले भरिएको । आज पनि नेपाली समाजका बाबालाई छोरो नै चाहिन्छ । एउटी गाउँले जीवनमा बाँचेकी नारीले छोरी जन्माउँदा भोग्नुपरेको सन्दर्भलाई उपन्यासकारले उतारेका छन् । नारीमा विद्रोहको शक्ति हुनुपर्दछ । तर पुरुषप्रधान समाज र ठुलाठालुले गर्ने न्यायनिसाफमा कसरी नारी र गरिबले न्यायको आशा गर्छन् र यही जीवनको उद्घाटन हो हटारु ।
“क्षणिक त हो यो मान्छेको जीवन । हाटका हटारु जस्तै हुरुरुरु आयो । वास बस्यो । उड्यो । सिद्धियो ।” हटारु उपन्यासका अन्तिम हरफ हुन् यी । कति मार्मिक छन् यी वाक्यहरू । कति मीठा छन् यी अभिव्यक्ति । यिनै अभिव्यक्तिको माध्यमबाट हटारु उपन्यास समापन भएको छ । हाट भर्न जाने व्यक्तिलाई हटारु भनिन्छ । हटारु हाट जान्छ । हाटमा आफूलाई चाहिने मसलन्द किन्छ । अरु जस्तै ऊ पनि हाटबाट घर फर्कन्छ । यही हो हटारुको कथा । हटारु उपन्यासमा ओम रिजालको अभिव्यक्ति पूर्णरूपमा दैलेखी जनजीवनको पक्षमा उभिएको छ । त्यही हाट जाने मानिसको कथा हो यो । बाहिरी आवरणमा यही देखिन्छ तर उपन्यासको भित्री भागमा कति गहकिलो अभिव्यक्ति छ त्यसको लेखाजोखा लेखकलाई होइन पाठकलाई हुने गरेको हुन्छ ।
यथार्थको अङ्कन
साङ्ग्रिला प्रकाशनबाट प्रकाशित भएको यो कृति (२०७८) सालमा सार्वजनिक भएको कृति हो । लेखकले आफू जन्मेको जन्मभूमिलाई र त्यहाँको यथार्थलाई कृतिमार्फत बाहिर ल्याएका छन् । जीवनको सत्य उद्घाटन गरेका छन् । जीवनको सत्यलाई उनेका छन् उपन्यासमा । मानिसले भोगेको तीतो सत्यलाई पस्केका छन् । समाज विविधताले युक्त हुन्छ । त्यही विविधतामा साहित्यकारले एकता खोजेको हुन्छ । हटारु एकताको उद्बोधन होइन । दैलेखी महिलाले भोगेको तीतो प्रतिबिम्बन हो । यही प्रतिबिम्बमा उठेको छ हटारु । (सान्ज्या( सानी आमा) ले कथा आरम्भ गरेकी छिन् र उनको कथाको अन्त्यबाट नै उपन्यासको अन्त्य भएको छ । कथाको आरम्भ बालबालिकालाई सुनाउने लोककथाबाट भएको छ । सुनकेस्रा नाम गरेकी एउटी चेलीको बेदनाको पोको हो हटारु । सुनकेस्रा नानीको जीवनको भोगाइ हो हटारु । सुनकेस्रा नाम गरेकी यो उपन्यासकी नायिकाले भोगेको जीवनको भोगाइ हो हटारु । सुनकेस्रासित बाँधिएका उनका मित्रहरूको पोको हो हटारु ।
ओम रिजालले दैलेखका नारीले भोगेको सत्यलाई बाहिर ल्याएका छन् । साहित्यकार आफू बाँचेको समाजका नराम्रा पक्षलाई बाहिर ल्याउन चाहन्न । उसले आफू बाँचेको समाजका राम्रा पक्षलाई मात्र बाहिर ल्याउन खोजको हुन्छ । नराम्रा पक्षलाई ओझेल पारेको हुन्छ । रिजालले त्यसो गरेका छैनन् । उनले त दैलेखका नारी र उनीहरूले भोगेका सत्यलाई नढाँटीकन बाहिर ल्याएका छन् । नेपाल बहु संस्कृतिले भरिएको देश हो । दैलेखको समाज र नारीको जीवनको सत्यलाई बाहिर ल्याउने सन्दर्भलाई रिजालले कति मसिनो तरिकाले उपन्यासमा आफूलाई पोखेका छन् । यो उनीभित्रको साहित्यिक खुबी हो । उनको पात्र भन्छ “त्यसैले मलाई दिनभन्दा रात पियारो थियो । उज्यालोभन्दा अँध्यारो पियारो थियो । भोक, पीडा र छट्पटी पचाएरै्र बाँचेकी थिएँ । सायद मलाई मृत्युभन्दा जिन्दगी पियारो थियो ।” कति मीठो अभिव्यक्ति यो ।
एउटी नारीले भोगेको सत्य कति मिठासले भरिएको । आज पनि नेपाली समाजका बाबालाई छोरो नै चाहिन्छ । एउटी गाउँले जीवनमा बाँचेकी नारीले छोरी जन्माउँदा भोग्नुपरेको सन्दर्भलाई उपन्यासकारले उतारेका छन् । नारीमा विद्रोहको शक्ति हुनुपर्दछ । तर पुरुषप्रधान समाज र ठुलाठालुले गर्ने न्यायनिसाफमा कसरी नारी र गरिबले न्यायको आशा गर्छन् र ! यही जीवनको उद्घाटन हो हटारु । रिजाल जसरी आएका छन् त्यसले उनको लेखनकलाले त्यहाँको जीवनलाई उतारेको छ । मानव समाजमा पनि अमानवीय व्यवहार गर्ने व्यक्तिलाई सम्मान हुने समाजको चित्रलाई उनले उतारेका छन् हटारुको कथानकबाट ।
सामाजिक विभेदको अन्त्य अनिवार्य छ । समाजको विभेदलाई कति मिठो उदाहरण दिएर रिजालले पाठकलाई बताएका छन् “जब मालीको माया एउटै फूलमा हुन्छ तब फूलबारीको हालत कस्तो हुन्छ होला ? ” कति गतिलो उदाहरण । यस्तै उदाहरणले जीवनको भावलाई यो उपन्यासमा ओमले पस्केका छन् । पुरुषले गर्ने अत्याचार र गरीबमाथि गरिएको थिचोमिचोले पनि उपन्यासका पानाहरू रङिगएका छन् । नारीले भोगेको दुःखलाई रिजालले जसरी बाहिर ल्याएका छन् उनले उपन्यासका अन्तरकुन्तर छिरेर पात्रका माध्यमबाट आफ्ना धारणा पनि पाठकसामु पस्किन सफ लबनेका छन् उनको पात्र भन्छे “स्वास्नी मर्दा पुरुषले महिना दिनमै अर्की स्वास्नी भित्र्याउन छुट दिने हाम्रो समाज किन महिलालाई पतिव्रताको पाठ सिकाउँछ ? किन लखिएन धर्मका ठेलीमा पत्नीव्रताका कथाहरू ? किन कोरियो महिला र पुरुषका लागि छुट्टाछुट्टै नियमको रेखा ? किन गरिन्छ सामाजिक विभेद ? जीवनको उत्तरार्धमा आएर मलाई समाजसँग विद्रोह गरेर आमा नबनेकोमा पश्चाताप लाग्न थालेको छ ।” कति गतिलो तरिकाले उपन्यासकार छिरे पात्रमा । यही हो साहित्यमा हुने सुन्दर अभिव्यक्ति पनि ।
यस्तै अभिव्यक्तिको पुञ्ज हो हटारु । नारीमाथि हुने पारिवारिक हिँसालाई पनि कानुनले आज वैध मानेको छैन । आजको कानुन महिलामैत्री छ । तर हिँजो हटारुको कानुन यस्तो थिएन । नारीले आफूमाथि हुने अन्याय र नारी अस्मिताको हननलाई यसरी पोखेको देखिन्छ “पुरुषका लागि विवाह यौन कर्मको वैधानिक पूर्जा हो र स्वास्नी मन लागुञ्जेले खेल्ने खेलौना हो ? ” कति गम्भीर प्रश्न उठाएको छ उपन्यासको पात्रले । यस्तै यस्तै अभिव्यक्तिले भरिएको छ उपन्यास । उपन्यासकार रिजाल दैलेखी जीवनको वस्तुसत्यलाई उद्घाटन गर्न सफल छन् यो उपन्यासमा ।
भाषिक सरलता
लेखक पाठकसम्म पुग्ने आधार भाषा हो । हटारुका ओम रिजाल पनि भाषाका माध्यमबाट पाठकसम्म पुगेका छन् । उनको लेखनकला सरल छ । भाषामा प्रयोग भएका शब्द सरल छन् । वाक्यगठनमा सरलता र सहजता बाहिरिएको छ । उनको लेखनकलामा देखिएको नयाँपन भनेको ससाना वाक्यमा आफ्ना अभिव्यक्तिलाई पाठकसम्म पु¥याउनु हो । उनको हटारुकी पात्र भन्छे “मान्छेहरूलाई एकोहोरिन बाध्य पार्दो रहेछ मान्छेको पीर । पीरले लुट्दो रहेछ मान्छेको चञ्चलता ।” कति सरल वाक्य । ती वाक्यले दिने अर्थ कति गम्भीर । यही गम्भीरताको पहिचानलाई हटारु उपन्यासले बोेकेको छ ।यसरी उपन्यासकी पात्र भन्छे “म धर्ती हुँ, धर्तीले कुनै प्राणीलाई जन्म दिएर घाँटी निमोठ्न मिल्छ र ?फेरि गल्ती त धर्तीमा बीउ रोप्नेको पो हुन्छ, बीउको हुन्छ र ? त्यो बिचरो बीउको के दोष ?” कति गम्भीर यी वाक्य ।
पुरुषले गरेको अन्याय सहेर बस्ने नारी पनि छन् । नारीको अस्मितासित पुरुष खेलेको छ । नारीका भावना कुल्चिएका छन् । उनीहरूका चाहनामा ताला लगाएको छ पुरुषको पुँसत्वले । दैलेखको सांस्कृतिक महत्वलाई मसिनो तरिकाले रिजालले उपन्यासमा पोखेका छन् । उनका पात्रमा देखिएको सक्रियता र बालपनका सुरम्य खेलहरूको जीवन्त चित्रण उपन्यासकारले बाहिर ल्याएका छन् । रिजाल कतै पनि झुठ बोलेका छैनन्
कति सरल शब्द चयन । शब्दले व्यक्त गर्ने अर्थको गाम्भीर्यतामा साहित्यले फक्रने मौका पाउने हो । यही गम्भीर अभिव्यक्तिमा रिजाल बाहिर आएका छन् । उनले चयन गरेका शब्द र ती शब्दले पाठकलाई दिने अर्थमा गम्भीरताको पोको भरिएको छ उपन्यासभरि । मानिस सदा लोभमा फस्ने प्राणी हो । उसलाई धन सम्पत्तिको लोभले सदा सताएको हुन्छ । मानिसको लोभलाई सङ्केत गर्दै उपन्यासको पात्र भन्छ “मान्छेसँग भएको लोभको भाँडो कहिले भरिँदैन । जति सम्पन्न भयो उति चुलिन्छ मान्छेको लोभ । भोजन मीठो हुन भोजन मात्रै भएर हुँदो रहेनछ भोजन खुवाउनेको माया पनि मिसिएको हुनुपर्दो रहेछ ।” यी भिन्नभिन्न अवस्थामा आएका अभिव्यक्ति हुन् । कति गम्भीर छन् । यही गम्भीर अभिव्यक्तिले भरिएको छ हटारु ।
हटारु उपन्यासमा ओम रिजाल गतिलो तरिकाले पोखिएका छन् । उनका पात्रहरू जीवन्त छन् । पुरुषप्रधान समाजमा रहेर पनि विद्रोहको स्वर उराल्न सफल भएका छन् नारीहरू पनि छन् । पुरुषले गरेको अन्याय सहेर बस्ने नारी पनि छन् । नारीको अस्मितासित पुरुष खेलेको छ । नारीका भावना कुल्चिएका छन् । उनीहरूका चाहनामा ताला लगाएको छ पुरुषको पुँसत्वले । दैलेखको सांस्कृतिक महत्त्वलाई मसिनो तरिकाले रिजालले उपन्यासमा पोखेका छन् । उनका पात्रमा देखिएको सक्रियता र बालपनका सुरम्य खेलहरूको जीवन्त चित्रण उपन्यासकारले बाहिर ल्याएका छन् । रिजाल कतै पनि झुठ बोलेका छैनन् । उनको जम्मभूमि साँस्कृतिक मान्यतामा विशाल छ भन्ने सन्देश दिएका छन् । आजको समाजमा बाँचेका मानिसले तत्कालीन समाजको सामाजिक अवस्था कस्तो थियो भन्ने ज्ञानलाई दर्शाएका छन् ।
उनले लेखेको हटारु र त्यसमा प्रयोग भएको भाषामा खिरिलोपन भरिएर आएको छ । स्थानीय भाषामा प्रयोग हुने शब्दले पाठकलाई अल्मलाउने अवस्था भने उपन्यासमा कतै देखिँदैन । उपन्यासको कथावस्तु बगेको छ । विभिन्न शीर्षकमा कथावस्तुलाई वितरण गरेर रिजालले जीवनको विचित्रताजस्तै उपन्यासको कथालाई पनि विचित्र तरिकाले गुँथेका छन् । यो उनमा देखिएको लेखनकलाको क्षमता हो भन्न कर लाग्छ । कर्णाली प्रदेशको दैलेख र त्यहाँको साँस्कृतिक चेतको मियो बनेर आएको छ हटारु । लेखकको यो प्रयास स्तुत्य छ । लेखकको कलम नथामियोस् भन्ने कामनासहित ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच