काठमाडौं । गृहमन्त्री स्तरको निर्णयले नेपाल प्रहरीका चार प्रदेश प्रमुख हेरफेर भएका छन् । एसएसपीबाट डिआइजी बढुवा भएकाबाट दुई र अरू दुई गरी चार प्रदेशको प्रहरी नेतृत्व फेरिएको हो । पदस्थापन तथा सरुवा सूचीअनुसार कोशी प्रदेशको प्रहरी प्रमुखमा राजन अधिकारी सरुवा हुनुभएको छ । त्यहाँका चन्द्रकुवेर खापुङ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) जानुभएको छ ।
प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहनुभएका डिआइजी दानबहादुर कार्की लुम्बिनी प्रदेश प्रमुखका रूपमा सरुवा हुनुभएको छ भने त्यहाँका कुवेर कडायत कार्कीको ठाउँमा खटिनुभएको छ । अब उहाँले प्रवक्ताको जिम्मेवारी सम्हाल्नु हुनेछ ।
बढुवा हुनेमध्ये भोलाबहादुर रावल गण्डकी प्रदेशमा पदस्थापित हुनुभएको छ । अर्का नवनियुक्त डिआइजी गणेश चन्द सुदूरपश्चिममा पदस्थापन हुनुभएको छ ।
यसअघि गण्डकी प्रदेशमा रहनुभएकी दुर्गा सिंह प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा र सुदूरपश्चिमका रवीन्द्र केसी प्रधान कार्यालयको अन्वेषण, योजना तथा विकास निर्देशनालयमा सरुवा हुनुभएको छ ।
अख्तियार अनुसन्धान विभागका डिआइजी बुद्धिराज गुरुङ एआइजीमा बढुवा भएर रिक्त रहेको दरबन्दीमा नवनियुक्त डिआइजी हिमालयकुमार श्रेष्ठको पदस्थापन हुनुभएको छ । डा. मनोजकुमार केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सरुवा हुनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच