
काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ। सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा सोमबार बिहान निधन भएको हो । २०४९ मा स्थानीय निर्वाचन जितेर सिंह काठमाडौँ महानगरपालिकाका मेयर बन्नुभएको थियो ।
८५ वर्षीय सिंह लामो समयदेखि अल्सरको समस्याबाट पीडित हुनुहुन्थ्यो । पूर्वमन्त्रीसमेत रहनुभएका सिंहले प्रजातन्त्र स्थापनाका लागि गणेशमान सिंहका प्रमुख सहयोगी भएरसमेत काम गर्नुभएको थियो ।
यसैबीच पूर्वमेयर सिंहको निधन भएको शोकमा काठमाडौं महानगरपालिकाकाले आज सार्वजनिक बिदा दिएको छ। सोमबार बिहान विज्ञप्ति जारी गरी महानगर क्षेत्रमा आज शोक बिदा दिइएको जानकारी गराएको हो।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच